काठमाडौं- जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या १३६ पुगेको हो।
मृत्यु हुनेमध्ये जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जना छन्। त्यस्तै, जाजरकोटमा ६१ र रुकुम पश्चिममा ८५ गरी कुल १६५ घाइते भएका छन्।
घाईते ३३ जनाको जाजरकोटमै उपचार भैरहेको छ भने २२ जनािलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।
त्यस्तै ३० जना घाईतेको रुकुम पक्षिममै उपचार भैरहेको र १५ जनालाई भने थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज पठाईएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति ११:२३ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।