Tuesday, May 13, 2025
फिचरहेटौंडा सिमेन्ट उद्योग पूर्ण रुपमा घाटामा, ४ महिनादेखी उत्पादन पनि बन्द
spot_img

हेटौंडा सिमेन्ट उद्योग पूर्ण रुपमा घाटामा, ४ महिनादेखी उत्पादन पनि बन्द

spot_img

मकवानपुर: ‘कुनै बेला यो सिमेन्ट पाउन सोर्सफोर्स लाउनु पर्थ्यो वा कालो बजारमा किन्न पर्थ्यो, गुणस्तरमा शङ्का गर्ने ठाउँ हुन्थेन।’ एक सर्वसाधारणले हेटौंडा सिमेन्टबारे जानकारी दिदै भने ‘निजी कम्पनीका सिमेन्टले यसको ख्याति चोर्नका लागि आफ्नो बोरामा “हेटौंडामा बनेको” समेत लेखे। हेटौंडा सिमेन्टको नामै काफी थियो।” हो त्यहि हेटौंडा सिमेन्ट अहिले संकटमा छ। अब बिस्तारै हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट देख्न र प्रयोग गर्न नपाइने हो कि भन्ने आशंका समेत बढ्न थालेको छ।

विगत केही वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले उत्पादन ४ महिना देखी बन्द गरेको छ। उद्योग सञ्चालनका लागि पर्याप्त कोइलाको आपूर्ति नहुँदा ४ महिनादेखी उद्योग बन्द गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको उद्योगका नायब महाप्रबन्धक एवं प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए।

४ महिना अगी नै उत्पादन गरिएको दुई लाख बोरा सिमेन्ट स्टकमा रहेको प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए। ‘उद्योगले पटक–पटक गरेर कोइला आपूर्ति गर्दै आएको छ। थोरै मगाएर उद्योग सञ्चालन गर्ने र सकिन लागेपछि पुनः बोलपत्र आह्वान गर्ने चलन छ। यसपटक कोइला आपूर्ति समयमा हुन सकेन। त्यसकारण उद्योग सञ्चालन गरी उत्पादनलाई निरन्तरता दिन कठिनाइ भएको हो’, प्रवक्ता कर्णले भने।

विगतमा पनि यो उद्योगमा समस्या नआएका भने होइनन् तर पनि जसोतसो उद्योग चलिरहेको थियो। यति विश्वासिलो उद्योगले गति भने सोचेजस्तो कहिले पनि लिन सकेन। पुरानो भवन, पुरानै प्रविधि पनि यसको मुख्य अवरोध रहेको उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले बताउदै आएका छन् ।

सरकारले ९० करोड लगानी गरेर स्थापना भएको हेटौंडा सिमेन्ट उद्योग पूर्ण रुपमा घाटामा रहेको छ । दैनिक १६ हजार बोरा ब्रिक्री हुनुपर्ने सिमेन्ट अहिलेक दैनिक एक हजार बोरा पनि बिक्रि हुन् धौधौ हुने कार्यालयले जनाएको छ ।

२०४२ सालदेखि सिमेन्ट उत्पादनमा जडान गरिएका धेरै मेसिनहरू नचल्ने अवस्थामा पुगिसकेका छन्। पुरानो मेसिन बिग्रिने र बनाउने क्रम निरन्तर चलिरहेको छ अहिले। नयाँ नयाँ प्रविधिका मेसिनहरू आइसके तर हेटौंडा सिमेन्टले यसलाई भित्र्याउन सकेको छैन। मेसिन बिग्रे वा नयाँ किन्न जे गरेपनि उद्योग मन्त्रालयको सहमति लिएर गर्नु यसको झन्झट प्रक्रिया हो, खरिद ऐन अनुसार काम गर्नुपर्ने कारण धेरै काम ढिला हुन्छन्।

हेटौंडा सिमेन्ट उद्योगका धादिङको जोगिमारा, मकवानपुरको ओखरे, मजुवा, र भैँसे खानी छन्। सिमेन्ट उद्योगलाई चाहिने रातोमाटो भने उद्योग परिसरकै डाँडामा यथेष्ट रहेको छ।

आर्थिक वर्ष २०७४/०७५ मा उद्योगले १६ करोड ३६ लाख नाफा कमाएको थियो। त्यसपछि २०७५/०७६ मा उद्योगले एक करोड पाँच लाख नोक्सान, २०७६/०७७ मा २३ करोड ८२ लाख, आव २०७७/०७८ मा १७ करोड चार लाख नोक्सान भएको छ। गत आर्थिक वर्षमा २३ करोड नोक्सान भएको छ । राजनीतिक हस्तक्षेप, उद्योगकाकर्मचारी र प्रशासनको कमजोरी पनि उद्योग धरासायी हुनुका प्रमुख कारणका रुपमा देखिएका छन् ।

दैनिक ७ सय ५० मेटीक्टन क्लिंकर उत्पादनगर्ने क्षमता रहको उद्योगमा ६ सय ५५ जनाकर्मचारीको स्कीकृत दरबन्दी छ । तर उद्योगमा १ सय ९३ जनाकर्मचारी कार्यरत छन् । लगातार घाटामा सञ्चालन भइरहेका सरकारी स्वामित्वको यो सिमेन्ट उद्योगमा देखिने समस्याले उद्योगलाई अझै धराशायी बनाई रहेको छ ।

केही दिनदेखी उद्योगका कर्मचारीहरु उद्योग संचालन गर्नुपर्ने माग राख्दै धर्ना समेत बसेका छन् । मजदुर सङ्गठनले हाल कोइला लगायत आवश्यक कच्चा पदार्थ अभावकै कारण बन्द रहेको उद्योग यथाशीघ्र चालु गर्नुपर्ने, सिमेन्ट बिक्रीको वर्तमान अवस्थामा सुधार गर्नुपर्ने ट्रेड युनियनहरूले पेश गरेको संयुक्त ध्यानाकर्षणका सन्दर्भमा छलफल गरी उद्योग व्यवस्थापनबाट कार्यान्वयनको प्रक्रिया थालनी गर्ने लिखित प्रतिबद्धता गर्नुपर्ने, विगत केही महिना अगाडि देखि किल्न, रमिल, क्रसर, सिमेन्ट मिल र प्याकिङमा पटक पटक समस्या आएकोले तुरुन्त सुधार गरी पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, उद्योगका ४ वटै खानीहरू कुनैपनि अवरोध विना सञ्चालन गरि नियमित रुपमा चुनढुंगा आपूर्ति हुने प्रबन्ध गर्नुपर्ने, अतिरिक्त समयमा काम गरेको रकम समेत भुक्तानी गर्नुपर्ने माग गरेका छन्।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img