गण्डकी | बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा चालकसहित २६ जना घाइते भएका छन्। बागलुङ नगरपालिका– १ रामरेखाको न्यु एभरेष्ट बोडिङ स्कुलका विद्यार्थी बोकेको भ्यान बागलुङ– ३ मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो।
विद्यार्थीलाई घर छाड्न गएको ग ३ च ८६२१ नम्बरको भ्यान बिहीबार दिउँसो साढे ४ बजे दुर्घटना भएको हो। घाइतेहरुको उद्धार गरी उपचारको लागि धौलागिरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई गण्डकी अस्पताल पोखरा रेफर गरिएको छ। भ्यान मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको पाण्डेले जानकारी दिए।
घाइते विद्यार्थीको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।



