निर्वाचनरास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्।

शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पछिल्ला दिनहरूमा भएका घटनाक्रमले रास्वपाको व्यवहार हुलहुज्जत र अमर्यादित बन्दै गएको देखाएको दाबी गरे। ‘रास्वपाले चुनावमा जित्ने सम्भावना कम देखेपछि असन्तुलित गतिविधि बढाएको जस्तो देखिन्छ,’ उनले भने।

अध्यक्ष ओलीले रास्वपाले चुनावमा दोहोरो चरित्र देखाएको टिप्पणी गर्दै भने, ‘आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुन दिने, तर आफ्नो पक्षमा नतिजा आउँदैन भने चुनावै हुन नदिने खालको प्रवृत्ति उहाँहरूमा देखिएको छ।’ पछिल्ला घटनाक्रमले रास्वपा निर्वाचन प्रक्रियालाई बिथोल्ने दिशातर्फ उन्मुख भएको संकेत गरेको उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको जबर्जस्ती, बलमिच्याइँ र अराजक गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे। ‘निर्वाचन बलजफ्ती गरेर गरिने प्रक्रिया होइन। कानुनको दायराभित्र रहेर निष्पक्ष, शान्त र मर्यादित प्रतिस्पर्धा हुनुपर्छ,’ उनले भने।

उनले मतदाताले कुनै डर, दबाब र अवरोधबिनै स्वतन्त्र रूपमा मताधिकार प्रयोग गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए। पूर्वचुनावी गतिविधिदेखि मतगणना र नतिजा सार्वजनिक गर्ने सम्पूर्ण प्रक्रिया पारदर्शी हुनुपर्ने उल्लेख गर्दै उनले एमालेले सधैं स्वच्छ र निष्पक्ष निर्वाचनको पक्षमा आवाज उठाउँदै आएको बताए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img