खेल समाचारएनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंगलबार) दुई वटा खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

​त्यस्तै, आजको दोस्रो खेलमा बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

​यसअघि हिजो भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले लगातार दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले हराउँदै विजयी सुरुआत गरेको थियो। खेलमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो। त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमै अलआउट भएको थियो।

​प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार