राजनीतिस्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर प्रदेश र जिल्ला अधिवेशनको मिति तय हुन्छ:...

स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर प्रदेश र जिल्ला अधिवेशनको मिति तय हुन्छ: गगन थापा

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीका प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरिने बताएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले केन्द्रीय समिति बैठकबाट छलफल गरेर अधिवेशनको मिति तय गरिने जानकारी दिएका हुन्।

​उनले भने, ‘हामीले केही समयपछि प्रदेश र जिल्लाको अधिवेशन गर्नुपर्ने छ। अब केन्द्रको बैठक राखेर साथीहरूसँग सल्लाह गर्छु। स्थानीय चुनाव पनि आउँदै छ, त्यसलाई समेत ध्यानमा राखेर तिथिमिति तय गर्छौँ।’

​कार्यक्रममा सभापति थापाले पार्टीको आन्तरिक निर्वाचनमा हुने प्रतिस्पर्धालाई आम निर्वाचनको जस्तो ‘जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने’ प्रक्रियाका रूपमा लिन नहुने बताए। उनले प्रतिस्पर्धामा हारजित भए पनि पार्टीभित्र सबैले आफ्नो भूमिका र स्थान पाउनुपर्ने स्पष्ट पार्दै केन्द्रीय समितिमा प्रतिस्पर्धाका कारण जिम्मेवारीबाट बाहिरिएका योग्य नेताहरूलाई समेत समेटेर अघि बढ्नुपर्ने बताए।

​पार्टीभित्रको तिक्तता र असहिष्णुता हटाउनुपर्नेमा जोड दिँदै उनले प्रतिस्पर्धाका कारण एकअर्कासँग सहकार्य गर्न नसक्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखे। साथै, पार्टीको अधिवेशनमा वडादेखि केन्द्रसम्म संस्थागत रूपमा गुट निर्माण हुने परिपाटी अन्त्य गर्न आफूहरूले प्रयास गरिरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार