खेल समाचारएनपीएल: विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोजको विजयी सुरुआत

एनपीएल: विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोजको विजयी सुरुआत

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो।

​चितवनले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रन बनाउँदै अलआउट भयो। एक समय ५ विकेटको क्षतिमा १३२ रनको मजबुत स्थितिमा रहेको विराटनगरले थप १७ रन जोड्दा बाँकी सबै विकेट गुमाउन पुगेको थियो। विराटनगरका लागि इमरान शेखले ३९, आन्द्रे रसेलले ३३ र लोकेश बमले २६ रन बनाए। चितवनका कमल ऐरीले ४ तथा रिजन ढकालले २ विकेट लिए।

​यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। चितवनका लागि डेभिड मलानले उत्कृष्ट ७० रनको योगदान दिएका थिए। विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलङ्काले १/१ विकेट लिए।

​प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।

​आगामी मंसिर ५ गतेसम्म चल्ने तेस्रो संस्करणको एनपीएलमा कुल ८ टोली सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार