राजनीतिपूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्।

​बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महानगरको मेयरमा चुनाव लड्ने सार्वजनिक घोषणा गरेकी हुन्। आफ्नो जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौँको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनले बताएकी छिन्।

​यद्यपि, उनले मेयर पदमा कुनै राजनीतिक दलबाट उम्मेदवारी दिने वा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने भन्नेबारे स्पष्ट पारेकी छैनन्।

​गएको वैशाख ४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट राजीनामा दिएपछि श्रेष्ठ हाल कुनै पनि दलमा आबद्ध छैनन्। रास्वपाबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी उनी विसं २०८० फागुन २३ गते शिक्षामन्त्री नियुक्त भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार