राजनीतिदानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

​अदालतले निवेदकको मागबमोजिम तत्काल अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ। तर, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनुअघि दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन इजलासले आदेश दिएको छ।

​सुनुवाइका क्रममा कार्कीका तर्फबाट बहस गरेका कानून व्यवसायीहरूले निश्चित कार्यकाल तोकेर नियुक्त गरिएका प्रहरी महानिरीक्षकलाई बिनास्पष्टीकरण स्वेच्छाचारी ढङ्गले हटाउनु गैरकानूनी रहेको जिकिर गरेका थिए। विगतका विभिन्न नजिरहरू समेत प्रस्तुत गर्दै उनीहरूले कार्कीलाई तत्काल पदमा बहाल गराउन अन्तरिम आदेशको माग गरेका थिए।

​सर्वोच्च अदालतका अनुसार सबै विपक्षीहरूबाट लिखित जवाफ पेश भएपछि मुद्दाको नियमित सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार