काठमाडौं: बैशाख १० गते भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भैसेको छ । तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनको बिहिबार सम्म तिनवटै उपनिर्वाचन क्षेत्रको अतिम मतपरिणाम सार्बजनिक गरिएको छ ।
चितवन-२, तनहुँ -१ र बारा-२ मा भएको उपनिर्वाचन मा क्रमसः रबि लामिछाने, स्वर्णिम वाग्ले र उपेन्द्र यादव निर्वाचित भएका छन् ।
रवि लामिछाने भारी मतान्तरले विजयी
चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए ।
चितवन क्षेत्र नं. २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।
स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १८ मत
तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत् प्राप्त गरेका छन् ।
पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए । त्यस्तै तेस्रो स्थानमा रहेका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विकाश सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । त्यस्तै राप्रपाका उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ मत प्राप्त गरेका थिए ।
जसपा अध्यक्ष यादवले २८ हजार ४१५ मत
जसपा अध्यक्ष यादवले २८ हजार ४१५ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरेका छन् । यादव ५ हजार ८१ मतान्तरले विजयी भएका हुन् । नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत प्राप्त गरेका छन् । आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले २ हजार ७३८ मत प्राप्त गरेका छन् ।
गत मंसिर ४ को चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित जसपा अध्यक्ष यादव अन्ततः उपचुनावबाट सांसद बन्न सफल भएका छन् । बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यो क्षेत्र भएको थियो ।