Wednesday, February 12, 2025
हेडलाईनआज गणतन्त्र दिवस मनाइँदै

आज गणतन्त्र दिवस मनाइँदै

काठमाडौं: आज देशभर १६औँ गणतन्त्र दिवस मनाइँदै छ ।

संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही सम्झनामा हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आइएको छ ।

करिब २४० वर्षको शाहवंशीय राज संस्थाको निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य भएको घोषणा गरिएको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइँदै आएको छ ।

गणतन्त्र स्थापनापछि संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालमा नयाँ संविधान जारी गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई हाल संस्थागत गरिसकिएको छ । तर जनअपेक्षा अनुरुपको देशको प्रगति हुन नसकेको आम जनगुनासो छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस