अर्थ व्यापारगाउँपालिकाको अफर: बसाइँ सरी आउनेलाई घर उपहार

गाउँपालिकाको अफर: बसाइँ सरी आउनेलाई घर उपहार

मकवानपुर: मकवानपुरको राक्सिराङ गाउँपालिकाले पालिकाभित्र अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने कार्यक्रम ल्याएको छ ।  शनिबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्वजनिक गर्दै गाउँपालिकाले ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम घोषणा गरेको हो।

दुर्गम क्षेत्रबाट बसाइँ सरी सुगम र सहरी क्षेत्रमा जाने मानिसको संख्या बढेपछि त्यसलाई निरुत्साहित गर्न घर उपहार कार्यक्रम घोषणा गरिएको पालिकाका अध्यक्ष राजकुमार मल्लले बताएका छन्। ‘राक्सिराङ गाउँपालिका दुर्गम भएकाले बसाइँसराइ गरी सुगम ठाउँमा जाने क्रम बढ्न थालेपछि त्यसलाई रोक्न घर उपहार योजना ल्याएका हौँ, अन्य सेवाहरुमा पनि सहजता ल्याएका छौ, हामीले हाम्रो गाउँपालिकालाई हरित गाउँपालिका गराउने पनि योजना गराएका छौ ’ उनले भने।

अध्यक्ष मल्लले दुर्गम वडाहरूमा विद्युतीकरण र काठेपोल विस्थापन कार्यलाई प्राथमिकता दिने बताए । यस्तै, सडक गुरुयोजना पुनरावलोकनमार्फत सडकको ‘राइट अफ वे’ निर्धारण गर्दै स्थानीय सडक सञ्चालन प्रणालीलाई व्यवस्थित र नियमित गरी विभिन्न रुटमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा निर्धारण गर्न विशेष पहल गरिने भएको छ।

बिपन्न बिरामीहरुलाई लक्षीत गर्दै वडाहरूबाट प्रत्यक महिनाको एक चोटी अस्पतालसम्म निःशुल्क बससेवा सञ्चालन गरिने पनि योजना बनाइएको इन्फो नेपालसंग कुराकानी गर्दै अध्यक्ष मल्लले बताए । स्थानीय रोजगार योजना तर्जुमा गरी बेरोजगार जनशक्तिको पहिचान, सीप विकास विधि र संस्थागत सुदृढीकरणका लागि काम थाल्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img