मकवानपुर: हेटौँडाको चौकिटोलमा टिप्परले स्कुटरलाई ठक्कर दिदा एक युवकको मृत्यु भएको छ ।
शनिबार साँझ हेटौँडाको चौकिटोलमा बुद्धचोकबाट भैँसेतर्फ जाँदै गरेको प्रदेश ३–००१–ख ०८५१ नम्बरको टिप्परले विपरित दिशाबाट आउँदै गरेको बा प्र ०३–००२ प ९०४४ नम्बरको स्कुटर र बा ६३ प ३१२० नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ स्कुटरमा पछाडी सवार २५ वर्षीय सुमित कपालीको मृत्यु भएको प्रहरीले जाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका कपालीलाई उपचारका लागि जिल्ला अस्पतालमा हेटौँडा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी स्कुटर चालक २४ वर्षीय नितेश श्रेष्ठ, मोटरसाइकल चालक ३० वर्षीय सुजन श्रेष्ठ र मोटरसाइकलमा सवार २४ वर्षीय सुरज बानियाँ घाइते भएका छन् । ठक्कर दिने टिप्पर र चालक मकवानपुरगढी गाउँपालिका–३, देवीडाँडाको भित्री सडक खण्डमा पार्किङ गरी राखेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाईतेहरु उपचारपछि डिस्जार्च भइसकेको प्रहरीले जनाएको छ ।