Sunday, July 20, 2025
मौसमगर्मी अझै बढ्ने, तराईमा 'लू' बाट जोगिन आग्रह

गर्मी अझै बढ्ने, तराईमा ‘लू’ बाट जोगिन आग्रह

spot_img

काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन देशभर गर्मी बढ्ने भन्दै तराईका भूभागहरूमा अत्यधिक गर्मी र ‘लू’ बाट बच्न आग्रह गरेको छ।

विभागले आज एक बुलेटिन जारी गर्दै देशका धेरैजसो भू-भागहरूमा गर्मी बढ्दै गएको र लुम्बिनी प्रदेश, मधेस प्रदेशको तराई क्षेत्रका केही भागहरूमा पछिल्ला दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भागहरूमा एक दिनदेखि न्यूनतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रहेको जनाएको छ।

- Advertisement -

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी ५ दिन (वैशाख १० देखि १४ गतेसम्म) तराई क्षेत्रहरूमा तातो हावा र ‘लू’ लाग्ने सम्भावना रहेकाले त्यसबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। यस्तै, पहाडी भूभागका उपत्यका र खोंचहरूमा पनि तापक्रम क्रमिक रुपमा बढ्ने देखिएकाले महाशाखाबाट जारी हुने पूर्वानुमानलाई नजिकबाट अनुगमन गर्न पनि अनुरोध गरिएको छ।

महाशाखाले ‘लू’बाट बच्न बाहिर नजान, हलुका कपडा लगाउन, टाउको ढाक्ने, पानी र खाना साग्रेनी प्रशस्त सेवन गर्न र स्वास्थ्यसम्बन्धी समस्या देखिए स्वास्थ्यकर्मीसँग सल्लाह लिन पनि सुझाव दिएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img