Monday, March 17, 2025
हेडलाईनविश्व इतिहासमा आजः इजिप्टका राष्ट्रपतिको एतिहासिक इजरायल भ्रमणदेखि पेलेको १०००औं गोल

विश्व इतिहासमा आजः इजिप्टका राष्ट्रपतिको एतिहासिक इजरायल भ्रमणदेखि पेलेको १०००औं गोल

आज १९ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

इजिप्टका राष्ट्रपति अनवर सादतको इजरायल भ्रमण
सन् १९७७ मा इजिप्टका राष्ट्रपति अनवार सादतले इजरायको भ्रमण गरेका थिए । इजरायलको भ्रमण गरेर त्यहाँको संसद केन्ससेटमा सम्बोधन गर्ने सादत अरब राज्यका पहिलो सरकार प्रमुख हुन् । इजरायल र अरब देशका सरकारहरुको विरोधबीच उनले भ्रमण गरेका थिए । अरब- इजरायल तनाब अन्त्य गरेको भन्दै सन् १९७८ मा सदत र इजरायलका प्रधानमन्त्रीलाई संयुक्त रुपमा नोबेल पुरस्कार वितरण गरिएको थियो ।

चन्द्रमामा दोस्रो पटक अवतरण
सन् १९६९ मा एपोलो १२ चन्द्रमामा अवतरण गर्ने दोस्रो अन्तरिक्ष यान बनेको थियो । नासाको एपोलो कार्यक्रमअन्तर्गत सो यान चन्द्रमामा पुगेको थियो ।

पेलेको १०००औं गोल
ब्राजिलका फुटबलर पेलेले सन् १९६९ मा १००० औं गोल गरेका थिए । २० औं शताब्दीका महान खेलाडी पेलेले रियो दि जेनेरियामा भएको माराकान रंगशालमा भएको एउटा व्यवसायिक फुटबल खेलमा गोल हानेका थिए ।

इन्दिरा गान्धीको जन्म
आजकै दिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको जन्म भएको थियो । सन् १९१७ को १९ नोभेम्बरमा प्रयागराजमा जन्मिएकी गान्धीको ६६ वर्षको उमेरमा सन् १९८४ को ३१ अक्टोबरमा हत्या भएको थियो । गान्धी सन् १९६६ देखि सन् १९८४ सम्म गरी १५ वर्षसम्म भारतको प्रधानमन्त्री बनेकी थिइन् । उनका पिता पण्डित जवाहरलाल नेहरू स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img