विचार/ब्लगआमाको महत्व नदिने परिवार, परिवार जस्तै हुँदैन

आमाको महत्व नदिने परिवार, परिवार जस्तै हुँदैन

‘आमा’ भन्ने शब्दनै कति प्यारो छ । आमा बिना घर पनि घर जस्तो लाग्दैन । कुनैदिन आमा कतै जानुभयो भने पनि घर सुनसान लाग्ने गर्दछ । आमा हुदा घर पनि झलमल्ल हुने गर्दछ । आमाको काखमा निदाउनुको स्व-र्गीय आनन्द खोजेर पनि कतै भेटिन्न । आमाले हरेक पीडालाई सहेर हामीलाई हुर्काउनुहुन्छ ।

  • मर्नको लागी त धेरै बाटोहरु छन् तर जन्म लिनको लागी एउटा मात्र बाटो छ, त्यो हो आमा ।
  • आज र अहिले बाटै जति सक्नुहुन्छ आफ्नो आमालाई धेरै भन्दा धेरै समय दिनुहोस् किनकि दुनियामा यस्ता मान्छेहरु पनि छन् जो संग आमा छ उ सग समय छैन र जो सग समय छ उ सग आमा छैन

आमा, जो कसैकी छोरी हुन सक्छिन् , कसैकी श्रीमति हुन सक्छिन् , कसैकी बुहारी हुन सक्छिन्, कसैकी भाउजु हुन सक्छिन् । आमाले यी अनेक भूमिकाभित्र बाँच्नुपर्ने हुन्छ । यी सबै भूमिकालाई उत्तिकै कुशलतापूर्वक निर्वाह गर्नुपर्ने हुन्छ ।

अक्सर हाम्रो पारिवारिक संरचना अनुसार घर-परिवार धान्ने जिम्मा आमाको हुन्छ । हुन त आधुनिक समाजमा लैंगिक समानताको कुराले पनि महत्व पाएको छ । पति-पत्नीको भूमिका, महत्व र स्थान बराबरी हुने तर्क छ । भलै कर्य-व्यवहारको हिसाबले लैंगिक समानताको कुरा सही मान्न सकिएला । तर, आमासँग परिवारको जुन किसिमको भावनात्मक सम्बन्ध हुन्छ, त्यस हिसाबले आमाको जिम्मेवारी र भूमिका अलि बढी नै हुन्छ ।

  • मैले आमाको काधमा शिर राखेर सोधे, आमा मलाई कहिलेसम्म यसैगरी आफ्नो काधमा सुत्न दिनुहुन्छ ? तब आमाले भन्नुभयो, छोरा जबसम्म तैले मलाई आफ्नो काधमा उठाउदैनस तबसम्म ।
  • आमाले सबैको ठाउ लिन सक्छीन तर एउटी आमाको ठाउ कसैले लिन सक्दैन । आमालाई सृष्टि भनिन्छ । जसले गर्भमा राखेर सन्तानको सुरक्षा गर्दै आफैलाई पीडाको पोखरीमा राखेर धर्तीमा ल्यायिन् । सन्तानको लागि आफ्नो आमाभन्दा ठूलो केही हुँदैन । आफ्ना जीवनका कयौं रहर, आवश्यकता र उद्धेश्यलाई मारेर पनि सन्तानको मुस्कानमा खुसी रहन्छिन् आमा । विभिन्न व्यक्तिले आमाको परिचय यसरी दिएका छन्

परिवारलाई एउटा सूत्रमा बाँधेर राख्ने ताकत परिवारका अरु सदस्यसँग हुँदैन । किनभने, आमा भनेकी आस्था हुन् , आदर्श हुन् , विश्वास हुन् । त्यसैले समग्र परिवारलाई कसरी दिशानिर्देश गर्ने भन्ने कुरामा आमाले अहंम भूमिका निर्वाह गर्न सक्छिन् ।

परिवारलाई कसरी सुखी राख्ने भन्ने कुरा आमाकै हातमा हुन्छ । हुन त हरेक सन्तानलाई आमाले नियन्त्रण वा निर्देशन गर्न सक्छिन भन्ने होइन । यद्यपी समग्र परिवारको लय वा तालमेल कसरी मिलाउने भन्ने कुरामा आमाले खास भूमिका खेल्न सक्छिन् । परिवारका सदस्यहरुलाई कसरी न्यायोचित ढंगले स्थान दिने, आपसी सम्बन्धलाई कसरी सन्तुलित राख्ने भन्ने कुरामा आमाको भूमिका रहन्छ किनभने, पारिवारिक जीवनमा अनेक उतार-चढाव आउँछ,मनमुटाव हुन्छ , रिस-राग पैदा हुन्छ । यी मानविय गुण हुन् । स्वभाविक र सामान्य कुरा थानुपर्छ ।

तर, सानातिना असमझदारी, मनमुटावले परिवारिक संरचना विथोल्न सक्छ । आफु-आफुमा फाटो ल्याउन सक्छ । यस्तो अवस्था आउन नदिनका लागि आमा नै न्यायमूर्तिको भूमिकामा रहने गर्छिन् र रहनु पर्छ पनि  ।

  • आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु । – जर्ज वासिंगटन
  •  मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ । – लियोनार्डो डिकाप्रियो
  • संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ । – अज्ञात

समग्र परिवारको स्वास्थ्यमा आमाको खास भूमिका हुन्छ । त्यही आमा हुन्, जसले बाल्यकालमा तेलले मालिस गरेर हाम्रो मांसपेशी बलियो बनाइदिइन् । त्यही आमा हुन्, जसले पोषिलो खानेकुरा ख्वाएर हामीलाई पालन-पोषण गरिन् । कुनैपनि घर-परिवारको खान्कीमा आमाले नियन्त्रण र निर्देशन गर्न सक्छिन् । आफ्नो भान्समा के पकाउने, कसरी पकाउने भन्ने कुरा आमाकै हातमा हुन्छ । रोग-कष्टमा कस्तो निदान खोज्ने भन्ने कुरामा पनि आमाको अनुभव काम लाग्छ ।

कुनै पनि परिवारमा हेरौं, जहाँ आमा विशेष हुन्छिन् । यदि आमा नहुँदो हो वा आमालाई आमाको महत्व नदिने हो भने, त्यो परिवार विथोलिन्छ, लथालिंग हुन्छ,भताभुङ्ग हुन्छ , परिवार, परिवार जस्तै हुँदैन,  सबै आफुखुसी गर्छन् ।  परिवारको संभावित विखण्डनबाट बचाउँन आमाको उपस्थिती मात्र पनि काफी हुन्छ । जहाँ आमा हुन्छ, त्यहाँ आस्था, विश्वास र प्रेम हुन्छ । जहाँ आस्था, विश्वास र प्रेम हुन्छ, त्यहाँ परस्पर सम्बन्ध सुमधुर र मिठासपूर्ण हुन्छ ।

  • मेरी आमा नै मेरो शक्ति हुन् । –एलिसिया किज
  • जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । – अब्राहम लिंकन

आमा ती साक्षात् देवी हुन् जसका बारेमा जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि त्यो अधुरै हुन्छ। हरेक सन्ततिलाई ९ महिनासम्म गर्भमा राखेर अनेक दुःखकष्ट सहँदै जन्माई, हुर्काई सक्षम बनाउने आमा साक्षात् सृष्टिकर्ता, ईश्वर हुन्। आमा ममताकी खानी, स्नेहकी सागर र वात्सल्यकी आकाश हुन्। सन्तानका लागि आमा धर्ती हुन्, माया र प्रेरणाकी प्रतिमूर्ति हुन्।

बाँचुन्जेल माताको सेवा गर्न पाउनु छोरा–बुहारी, छोरी–ज्वाइँ तथा नातिनातिनीहरूको ठूलो सौभाग्यको कुरा हो। पूर्वजन्मको सञ्चित पुण्यले मात्र मान्यजनका साथमा बस्न र सेवा गर्न पाइन्छ। छोराछोरी, नातिनातिना ज्वाइँ–छोरी आदि सन्तानका लागि आमाको ममताले युक्त भएको घर स्वर्गसमान हुन्छ। स्वर्गमा सुखमात्रै पाइन्छ तर यस धर्तीमा त साना–ठूला सबैले सबैको माया–ममता र सान्निध्य पाइन्छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका