सुनसरी | उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको हो ।
गत वर्षको असोज १० गते दिउँसो विराटनगर महानगरपालिका ७ स्थित उच्च अदालत विराटनगरको गेट अगाडि कमलसिंह लामा भन्ने व्यक्तिमाथि खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहारबाट उनी घाइते बनेका थिए।
सो घटनाको विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भक्तपुर मध्यपुर ठिमी नगरपालिकाका ४६ वर्षीय रमेश राजबाहकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । प्रहरीले उनलाई बुधबार भक्तपुरबाट पक्राउ गरेको हो।
यस घटनामा संलग्न रहेको आरोपित व्यक्तिलाई पक्राउ गर्न मोरङ जिल्ला प्रहरी कार्यालय उजुरी थियो । त्यसपछि ब्युरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका राजबहाकलाई थप अनुसन्धानको लागि बुधबार नै मोरङ ल्याइएको छ ।



