Tuesday, September 10, 2024
स्वास्थ्यफेरी बढ्न थाल्यो संक्रमण, कति छन् सक्रिय संक्रमित ?
spot_img

फेरी बढ्न थाल्यो संक्रमण, कति छन् सक्रिय संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २९ जना नयाँ कोभिड १९ का संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय ३० जनाको नमुना परीक्षण गर्दा २९ जना नयाँ संक्रमित थपिएका हुन् ।

पीसीआरबाट १०७७ जनाको नमुना परीक्षण गर्दा २१ जना र एन्टीजेनबाट ६५३ जनाको नमुना परीक्षण गर्दा ८ जना गरी २९ जना नयाँ संक्रमित थपिएका हुन् ।

यसअवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको सख्या १९२ पुगेको छ । पछिल्ला दिनहरुमा निरन्तर संक्रमण बढ्दै गएको छ । केहीदिनअघिसम्म १ प्रतिशत भन्दा कम रहेको संक्रमण दर आज करिब १.७ प्रतिशत पुगेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img