समाजनेपालमा फेरी बढ्न थाल्ये संक्रमण, कति छन् सक्रिय संक्रमित ?

नेपालमा फेरी बढ्न थाल्ये संक्रमण, कति छन् सक्रिय संक्रमित ?

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् ।

पछिल्लो २४ घण्टामा मुलुकभर थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ११२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७३ जना र १ हजार १६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ४४४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ५५५ पुगेको छ । हाल नेपालमा ४ सय १ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img