Friday, May 16, 2025
देशकोशी प्रदेशसुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष विजय श्रेष्ठ निर्वाचित
spot_img

सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष विजय श्रेष्ठ निर्वाचित

spot_img

सुनसरी / सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा विजय श्रेष्ठले १ हजार २२५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

निर्वाचन अधिकृत राजेन्द्र शर्माका अनुसार कुल खसेको २ हजार २७८ मतदातामध्ये विजय श्रेष्ठले १,२२५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनी नेपाली काङ्ग्रेसका निकट हुन् ।

उनका निकटतम प्रतिद्वन्दी शिवराज श्रेष्ठले ६३६ मत प्राप्त गरे हुन् । उनी एमाले निकट हुन् । पूर्व अध्यक्ष समेत रहेका पवन अग्रवालले ३३३ मत प्राप्त गरे ।

त्यसैगरी, उद्योगतर्फ विजय श्रेष्ठ प्यानलका पीयुषराज आचार्यले ५७८ मत , प्रभाव खतिवडाले ५३० मत , महेन्द्र प्रधानले ५२१ मत र विष्णु बरालले ४९३ मत प्राप्त गर्दै विजयी भए ।

यता, एमाले निकटका शिवराज श्रेष्ठ प्यानलका भोला श्रेष्ठले ४१५, चन्द्रप्रसाद बजगाईँले २८४ मत प्राप्त गरे । वस्तुगततर्फ विजय प्यानलका रामस्वरुप शर्मा र शिवराज प्यानलका पदमप्रसाद लिम्बू विजयी भएका छन् ।

यसअघि एसोसिएटतर्फ ३ सदस्यको लागि ३ जनाको मात्र उम्मेदवारी परेपछि निर्वाचन समितिले सर्वसम्मत चयन भएको घोषणा गरेको थियो । सर्वसम्मत हुनेहरूमा गोपाल श्रेष्ठ, अशोक जैन र राजु शाह रहेका छन् ।

यस्तै, वाणिज्यतर्फ किसन मास्के, उपेन्द्र चाम्लिङ, जयप्रकाश शर्मा, नवीन राजभण्डारी, मनोजकुमार अग्रवाल, राजेश अग्रवाल, शैलेशकुमार आचार्य र शशी साह निर्वाचित भएमा छन भने महिला सदस्यमा वर्षा अग्रवाल निर्वाचित भएकी छन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img