सुनसरी / संखुवासभाको मादी नगरपालिकामा १ का एकै परिवारका ६ जनाको ह´त्या प्रकरणमा ५ जना मध्ये ४ जनालाई आजीवन जेल सजाय भएको छ ।
संखुवासभा जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले सोमबार ५ जनालाई कसुरदार ठहर गदैं उक्त फैसला गरेको अदालतका स्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिए ।
हत्यामा संलग्न २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । उनीहरू सबै मृतक तेजबहादुर परिवारकै नाताका व्यक्तिहरु हुन ।
हत्यामा संलग्न १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ काराबास फैसला गरिएको छ । साथै मृतक परिवारको राहत कोषमा ४ जनाले दुई–दुई लाख रुपैयाँ क्षतिपूर्ति रकम समेत जम्मा गर्नुपर्ने आदेश रहेको छ ।
गत २०७८ साल भदौ २१ मा मादीका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको ह´त्या भएको थियो । सो हत्यामा ६ जनाको हत्या प्रकरणमा ५ जना मध्ये ४ जनालाई आजीवन जेल सजाय भएको छ ।