Saturday, May 17, 2025
देशकोशी प्रदेशमोरङको केराबारीबाट पक्राउ गरिका जेसिबी र टिपर छोडिए
spot_img

मोरङको केराबारीबाट पक्राउ गरिका जेसिबी र टिपर छोडिए

spot_img

सुनसरी / मोरङको केराबारी गाउँपालिका वडा नम्बर ८ को खदम खोला र वडा नम्बर – ७ को मुगु खोलाबाट उत्खनन गरिरहेको अवस्थामा पक्राउ गरी इलाका प्रहरी कार्यालय केराबारीमा वुझाएका टिपरर जेसिवी सम्बन्धित व्यवसायीहरुलाई छाडिएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले खोलाजन्य वस्तु उत्खनन गरिएका ९ वटा सवारी साधनहरु चौविस घण्टा नवित्दै छाडेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले खोला जन्य वस्तु उत्खनन गरिरहेको अवस्थामा ९ ओटा सवारी साधन र चालकहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बेलबारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा वुझाएका थिए ।

केराबारीबाट पक्राउ परेका चालक सहितको टिपरले स्टक प्रमाणित गरेको ठाँउबाट खोला जन्य वस्तु लिएर गएको यदपी प्रमाणित गरेको कागजपत्र नवोकेका कारण पक्राउ गरिएको कारण तत्काल छाडिएको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img