Sunday, January 19, 2025
स्वास्थ्य१८ बालबालिकाको मृत्युको घटनापछी यी दुई कम्पनीको ‘कफ सिरप’ नखान डब्लूएचओको चेतावनी

१८ बालबालिकाको मृत्युको घटनापछी यी दुई कम्पनीको ‘कफ सिरप’ नखान डब्लूएचओको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतीय कफ सिरप प्रयोग नगर्न सार्वजनिक अपिल गरको छ ।

भारतीय कम्पनी मरियन बायोटकको दुई कफ सिरपमा ‘एम्ब्रोनोल’ र ‘डक–१ म्याक्स’ मा विषाक्त पदार्थ भेटिएको भन्दै प्रयोग नगर्न डब्लुएचओले चेतावनी दिएको हो ।

उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्युको घटना यस कफ सिरपसँग जोडिएको भन्दै कफ सिरप प्रयोग नगर्न भनिएको हो । उज्वेकिस्तानको स्वास्थ्य मन्त्रालयको गुणस्तर नियन्त्रण प्रयोगशालाले यी दुई कफ सिरपमा अस्वीकार्य मात्रामा ‘डाइथिलिन ग्लाइकोल र ‘इथिलीन ग्लाइकोल’ फेला पारेको बताएको छ । यी पदार्थ मानिसका लागि विषाक्त हुन्छन् र यदि सेवन गरेमा घातक हुन सक्छ ।

उज्वेकिस्तानमा सिरपको कारण मृत्यु भएपछि उक्त कम्पनीलाई खाद्य सुरक्षा विभागले उत्पादन लाइसेन्स खारेज गरिसकेको छ । यी सिरपहरू बालबालिकाहरूलाई चिकित्सकको प्रेस्क्रिप्सनबिना र फर्मासिस्टको सल्लाहमा चाहिनेभन्दा बढी डोज दिइएको बताइएको छ । यसअघि भारतमै निर्मित ४ कफ सिरपका कारण गाम्बियामा ७० बालबालिकाको मृत्यु भइसकेको छ ।

कम्पनीले भने कफ सिरपकै कारण मृत्यु भएको भनी लगाइएको आरोप अस्वीकार गरेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img