Sunday, January 19, 2025
समाजमेयर बालेनलाई सुरक्षा खतरा बढेको भन्दै सरकारसँग मागे पिएसओ

मेयर बालेनलाई सुरक्षा खतरा बढेको भन्दै सरकारसँग मागे पिएसओ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आफूमाथि सुरक्षा खतरा बढेको भन्दै व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै मेयर शाहले सुरक्षाकर्मी माग गरेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले मेयर शाहले पिएसओ माग गर्दै निवेदन दिएको स्वीकारेका छन् ।

‘उहाँले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो । हामीले त्यस निवेदनलाई गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएका छौं,’ उपाध्यायले भने ।

महानगरका मेयरको सुरक्षामा नगर प्रहरी खटिएका हुन्छन । महानगरको सुरक्षाकर्मी हुँदाहुँदै मेयर शाहले सरकारसँग सुरक्षा मागेका हुन् । प्रशासनले उनिमाथि सुरक्षा चुनौती रहेको ठानेमा नेपाल प्रहरीका सुरक्षाकर्मी पठाउन सक्नेछ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img