भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालका -४ नागिमा रहेको स्वास्थ्य चौकी नागीलाई स्वास्थ्यका सामाग्रीहरू स्व. सुर्ज बहादुर राईको नाममा वितरण गरिएको छ ।
जसमा बेड २ थान, अक्सिजन सेट २ थान, इमरजेन्सि लाइट १ थान, ह्वील चेयर १ थान, ह्वील स्ट्रेचर १ थान, नेबुलाइजर १ थान, डक्टर कुर्सी १ थान, स्ट्रेचर १ थान सामग्रीहरूको विवरण गरिएको स्वास्थ्य चौकी नागिकी इन्चार्ज मनिका राईले बताउनु भयो । उहाले भन्नू भयो “पहिला सामान नहुदा समस्या थियोे भने अहिले सामान आएर केही सहजता भएको बताउनु भयो । ” पछिल्लो समयमा आएर वडा र स्थानीय सरकार मार्फत सहयोग भइरहेको बताउनु भयो ।
स्वास्थ्य चौकी नागीले वडाका गाउँ गाउँमा गएर असक्त अपांगहरूलाई त्रैमासिक रूपमा स्वास्थ्य परिक्षण गर्दै आएको इन्चार्ज राईले बताउनु भयो । स्व. सुर्जु बहादुर राईको सम्झनामा छोराबुहारीहरु, छोरीज्वाइहरु, नाति नातिनीहरू पनाति नातिनीहरु एवम् सम्पूर्ण परिवारले वितरण गरेका छन् । किर्तिपुर आविस्कार केन्द्र काठमाडौंले समेत सहयोग गरेको छ ।
पहिलाको भन्दा अहिले यस स्वास्थ्य चौकीलाई मजबुत र व्यवस्थित बनाउनदै लाने टेम्केमैयुङ गाउँपालिका -४ नागिका वडा अध्यक्ष हर्कबराज राईले जानकारी दिए ।