सुनसरी / सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
गएराति ११ बजेतिर दुहबी नगरपालिका ७ र ११ को सिमानामा रहेको धनुसना खोलास्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३८ प ५८८४ नम्बरको १५० सीसीको मोटरसाइकल आफैँ अनियन्त्रित भइ १५ फिट तल खोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार २१ वर्षीय निराजन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि विराट टिचिङ हस्पिटल पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र चालक दुहबी ७ बस्ने २४ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।