भोजपुर / भोजपुरको षडानन्दमा नगरपालिकामा पनि महिला हिंसा विरुद्धको १६ दिने अभियानमा विद्यार्थीसँगको वृहत सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
षडानन्द नगरपालिका सामाजिक शाखाले षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा वृहत सचेना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा षडानन्द माध्यमिक विद्यालय, अरुण माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय, चन्द्र सुर्य माध्यमिक विद्यालय र न्यू समिट ईङ्लिस बोर्डिङ स्कुलको विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम षडानन्द नगरपालिकाको प्रशासकीय भवनदेखी र्याली सुरु भई मिलटोल, चार भञ्ज्याङ हुँदै मन्दिर परिसरबाट दिङ्ला बहुद्दयेशीय भवनमा औपचारिक कार्यक्रम संगै सम्पन्न भएको हो । कार्यक्रममा ओरेक नेपालकी कोशी प्रदेश प्रमुख सरस्वती दनुवारले हिंसाहरुको विषयमा त्यस्को विरुद्धमा कसरी अगाडी बढ्ने जस्ता विषयमा प्रशिक्षण प्रस्तुति दिएकी दिईन् ।
हिंसा अन्त्य हुनको लागि घर परिवारले घरमा, विद्यार्थीले विद्यालयमा, कर्मचारीहरु कार्यालयमा जो जहाँ छौं त्याहाँबाट हिंसाको अन्त्य गर्नु पर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद चापागाईले बताए । यता राजनीतिक दलको तर्फबाट सचेतना संगै सीपमुलक तालिम, क्षमता विकास साथै सशत्तिकरण जस्ता कार्यक्रमहरुलाई अझ प्राथामिकता दिएर महिलाहरुलाई अगाडी बढाउनु पर्छ ।
वृकृतको अन्त्यको लागि शिक्षक विद्यार्थी सबै भन्दा धारिलो हतियार हो । मष्तिस्को विकास हुँदै गरेको विद्यार्थीहरुलाई यस्ता खालका सचेतना कार्यक्रमले वेथिति, कुसंस्कार र विविध प्रकारका हिंसाहरुको अन्त्य गर्न सहज हुने नगरपालिका उपप्रमुख प्रमिला राईले बताईन । हिंसा धेरै प्रकारका हुन्छन् त्यस्ता खालका हिंसा कसैले कसाईलाई गर्न नहुने समेत उपमेयर राईले बताईन् ।
षडानन्द नगरपालिका वडा नंं. २ को शन्त सावित्रा माध्यमिक विद्यालयलाई केन्द्र बनाई शन्त मा.वि, खार्तम्छा मा.वि गरि तीन विद्यालयको विद्यार्थीहको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै बिहिबार षडानन्द नगरपालिका वडा नंं ११ झ्याउँपोखरीको शारदा माध्यमिक विद्यालयलाई केन्द्र बनाई सरस्वती मा.वि, महेन्द्रोदय मावि गरि तीनवटै विद्यालयको विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरि शुक्रबार दिङ्लामा ५ विद्यालयको उपस्थितिमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।