भोजपुर / भोजपुरको षडानन्द नगरपालिका -६ स्थित घ्याम्पे रंगशालामा सम्पन्न तेस्रो खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि सोमवारे फुटबल क्लवले हात पारेको छ ।
षडानन्द नगरपालिका र षडानन्द नगरपालिका वडा नम्वर- ६ को प्रायोजन तथा षडानन्द नगरपालिका-६ खेलकुद विकास समितिको आयोजनामा भएको खेल छिनामुखु फुटबल क्लबलाई ३-० ले स्तव्ध पार्दैै सोमवारेले उपाधिमा कव्जा थियोे ।
मंसिर २० गतेवाट सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका भोजपुर, संखुवासभा, सुनसरी, मोरङ जिल्लाका २६ फुटबल टीमको सहभागीता भएको थियोे ।
प्रतियोगितामा प्रथम हुनेले सोमवारे फुटबल क्लवले ७१ हजार, द्वितीय छिनामुखु फुटबल क्लवले ५१ हजार र सेमिफाईनलिष्ट आँपगाछी फुटबल क्लब ईटहरी र महाकालि आविले २१-२१ हजार नगद पुरस्कार पाए ।
व्यक्तिगत विधा तर्फ आँपगाछीका सविन घिमिरे उत्कृष्ट डिफेन्डर,सोमवारेका निरज परियार हाईस्कोरर, छिनामुखुका डिकेन लिम्वु वेष्ट प्लेयर र सोमवारेका विवेक राई वेष्ट मिड फिल्डर र सोमवारेकै चरी लिम्वु वेष्ट गोलकिपरको पुरस्कार पाए । उनिहरुलाई आकार्षक ट्रफी प्रदान गरिएको थियोे ।
प्रतियोगिताको एक कार्यक्रमका विच भोजपुरका प्रदेश कमिटी सदस्य तथा कांग्रेस जिल्ला सभापति विनोद वान्तवा राईले एक कार्यक्रमका विच उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै राईले खेलकुदमा झेल हुन नहुने विचार राखेका थिए । उनले राजनीतिमा नेतृत्ववाट झेल हुने गरेको स्विकार्दै आयोजक तथा निर्णायकलाई लक्षित गर्दै राम्रा खेलाडीको प्रोत्साहन गर्न ध्यानाकर्षण गराएका थिए ।