भोजपुर / भोजपुरमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका ५ खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राईको मृत्यु भएको हो ।
घरायसी विवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले मङ्सिर ९ गते कुटपिट गरेको र सोही कारण बिरामी भएकी पवित्राको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले प्रहरीले जनाएको छ ।
आरोपित सन्देशलाई प्रहरीले पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।