Wednesday, January 15, 2025
समाजसाल्पासिलिछोको अभियान: घुम्ती शिविरमार्फत सबै सेवा जनताको घरदैलोमा

साल्पासिलिछोको अभियान: घुम्ती शिविरमार्फत सबै सेवा जनताको घरदैलोमा

भोजपुर / भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरेर वडा–वडाबाट पालिकाको सेवा प्रदान गरेको छ ।

भौगोलिक विकटताको कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हो । घरदैलोमा स्थानीय सरकार भन्ने मान्यतालाई आत्मसात गर्दै पाँच वटा वडामा शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले जानकारी दिए ।

गाउँपालिकाले वडा नं १ र २ को कुलुङ, वडा नं ४ को खाटम्मा, वडा नं ६ को दोभाने र वडा नं ५ को रातमाटेबाट घुम्ती सेवा प्रवाह गरेको हो । वडाबाट गाउँपालिकाको सबै सेवा लिन पाउँदा सहज भएको वडा नं ४ खाटम्माका स्थानीयबासी काजी तामाङले बताए । गाउँपालिकाको सेवा शिविरमार्फत वडामा लिन पाउँदा समय र पैसाको बचत भएको उनको भनाइ छ

घुम्ती शिविरबाट वडास्तरियसँगै पालिकास्तरिय योजना सम्झौता, मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवा, कृषि तथा पशुपंक्षी सेवा, पञ्जीकरण अन्तर्गत घटना दर्ता सम्बन्धी सेवा र अभिमुखिकरण, अपाङ्गता र ज्येष्ठ नागरिक परिचय पत्र वितरण तथा बैंक सम्बन्धी सेवासमेत प्रदान गरिएको प्रशासकीय अधिकृत अधिकारीले बताए ।

सेवा लिनको लागि घण्टौँ लगाएर गाउँपालिका केन्द्रसम्म आउनु पर्ने सास्तीलाई ध्यानमा राखेर वडास्तरबाट बृहत एकिकृत घुम्ती शिविरमार्फत जनतालाई सेवा दिइएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । आगामी दिनमासमेत यस्ता शिविरलाई निरन्तरता दिँदै प्रभावकारीढंगले जनताको घरदैलोमा सेवा प्रदान गर्ने योजना रहेको अध्यक्ष कुलुङको भनाइ छ ।

महिला विकास अन्तर्गत ५९ जना ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको छ । शिविरबाट नौ जनालाई अपाङगता परिचय पत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले जानकारी दिईन ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img