अन्यपानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व

पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व

काठमाडौं | के तपाईं पनि पानीपुरीका शौकिन हुनुहुन्छ? यदि हो भने, यो खबरले तपाईंलाई झस्काउन सक्छ। भारतको कर्नाटक राज्यमा गरिएको एक अध्ययनले पानीपुरीमा क्यान्सर निम्त्याउन सक्ने खतरनाक रसायनहरू फेला पारेको छ। यो खुलासाले नेपालमा पनि तरङ्ग ल्याएको छ।

भारतीय खाद्य सुरक्षा र मापदण्ड प्राधिकरणको अध्ययनमा २६० नमुनामध्ये ४१ मा हानिकारक रसायन भेटिएको छ। झन् चिन्ताजनक कुरा त के भने १८ वटा नमुना मानव उपभोगका लागि पूर्णतया अयोग्य पाइए। यी नमुनाहरूमा ब्रिलियन्ट ब्लू, सनसेट येलो र टाट्र्राजिन जस्ता रसायनहरू भेटिए, जुन क्यान्सरकारक मानिन्छन्।

यो खबरले नेपालीलाई पनि सतर्क बनाएको छ। तर के अब हामीले पानीपुरी खानै छोड्ने त? विशेषज्ञहरू भन्छन् – त्यसो गर्नु पर्दैन। तर सचेत भने हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img