Wednesday, December 4, 2024
समाजजंगली च्याउको खाँदा मकवानपुरमा एकै परिवारका सात जना बिरामी

जंगली च्याउको खाँदा मकवानपुरमा एकै परिवारका सात जना बिरामी

हेटौँडा | मकवानपुरको भीमफेदी गाउँपालिकामा जंगली च्याउ खाएर एक परिवारका सात जना बिरामी परेका छन्। गत राति करिब ११ बजे भीमफेदी गाउँपालिका वडा नं. ६ उर्लाघारीमा यो घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बिरामी हुनेहरूमा ६५ वर्षीया मंगली माया स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धि बहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङ माया स्याङतान, ७ वर्षीय नाति लासाङ स्याङतान, १९ वर्षीया नातिनी लक्ष्मी माया स्याङतान, १५ वर्षीया नातिनी पार्वती स्याङतान र ७ वर्षीया नातिनी आरती स्याङतान रहेका छन्।

बिरामीहरू मध्ये सात वर्षीय बालक लासाङ स्याङतानको अवस्था गम्भीर रहेको छ भने अन्य सबैको अवस्था मध्यम रहेको जनाइएको छ। मंगली माया र लक्ष्मी मायालाई हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने अन्य पाँच जनालाई थप उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ।

यो घटनाले जंगली च्याउको पहिचान र उपभोगमा सावधानी अपनाउनुपर्ने आवश्यकतालाई उजागर गरेको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img