Sunday, January 19, 2025
देशकोशी प्रदेशरामधुनीमा निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय बढीले सेवा

रामधुनीमा निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय बढीले सेवा

कोशी | सुनसरीको रामधुनी नगरपालिकामा एक दिने निःशुल्क स्वास्थ्य जाँच शिविरबाट ३ सय बढीले लिएका छन् ।

शुक्रबार निर्माणाधीन झुम्का आधारभूत अस्पतालको प्राङ्गणमा (पुरानो नगरपालिका भवन) आयोजित शिविरले स्थानीय बासिन्दाहरूलाई स्वास्थ्य संगसम्बधि सुविधा प्रदान गर्ने उदेश्य आयोजित निःशुल्क स्वास्थ्य जाँच शिविरबाट ३ सय बढीले लिएका छन् ।

ramdhuni

समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा र रामधुनी नगरपालिकाको सहकार्यमा भएको शिविरमा सप्तकोशी न्यूरो हस्पिटलले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

शिविरमा विभिन्न रोगहरूको निःशुल्क जाँच र परामर्शको व्यवस्था गरिएको थियो । समुदायमा स्वास्थ्य सेवाप्रतिको पहुँच बढाउन र जनताको स्वास्थ्य स्थितिमा सुधार ल्याउन मद्दत गर्ने र सबै खाल्का विशेषज्ञ डाक्टरहरुको सहभागीता शिविर गरिएको समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोषका सदस्य सचिव मेघ राज न्यौपानेले बताए ।

रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापाले यो शिविर रामधुनीमा स्वास्थ्य कोषसँगको साझेदारीमा पहिलो पटक आयोजना गरिएको बताउँदै स्थानीय बासिन्दाको उत्साहजनक सहभागिताले कार्यक्रम सफल भएको उल्लेख गरिन्। नगरपालिकाले यस्ता स्वास्थ्य शिविरहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ।

यस प्रकारका स्वास्थ्य शिविरले समुदायलाई स्वास्थ्य सेवाप्रति जागरूक बनाउन र जनताको स्वास्थ्य अवस्थामा सकारात्मक परिवर्तन ल्याउन ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img