Sunday, March 16, 2025
स्वास्थ्यगुल्मीमा एकैपटक ८० हजारलाई काेभिडविरुद्धकाे खोप लगाइँदै

गुल्मीमा एकैपटक ८० हजारलाई काेभिडविरुद्धकाे खोप लगाइँदै

गुल्मीमा एकैपटक ८० हजार नागरिकलाई काेभिड-१९ विरुद्धकाे खोप लगाउन सुरु गरिएको छ । जिल्लामा अहिलेसम्म करिब साढे ६२ हजारले खोप लगाएका छन् ।

मंगलबारबाट १८ वर्ष माथिका नागिरकलाई पुग्नेगरी खाेप लगाउन सुरु भएकाे प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । मंगलबारबाट जिल्लाका १२ वटै स्थानीय तहका सबै स्वास्थ्य सस्थाबाट खोप अभियान सञ्चालन भइरहेको छ । 

जिल्ला आएकाे ८० हजारमध्ये ७९ हजार ६ सय डोज खोप १२ वटै स्थानीय तहमा पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए । यो खोप १८ वर्ष भन्दा माथि र तीन महिनाको गर्भ नाघेका महिलालाई परिचय पत्रको आधारमा दिइने व्यवस्था मिलाइएको आचार्यले बताए । खोप अभियान बिहीबारसम्म चल्ने स्वास्थ्य कार्यालयले जनाएको छ । 

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

spot_img