Sunday, October 13, 2024
राशिफलतपाईको भाद्र महिना कस्तो रहनेछ ? निकै राम्रो छ यी राशिको, हेर्नुहोस्...

तपाईको भाद्र महिना कस्तो रहनेछ ? निकै राम्रो छ यी राशिको, हेर्नुहोस् मासिक राशिफल

spot_img

काठमाडौं : तपाईको भाद्र महिना कस्तो रहनेछ ? निकै राम्रो छ यी राशिको, हेर्नुहोस् मासिक राशिफल

मेष -(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

विभिन्न अवसर प्राप्त हुनेछन् तर उपलब्धिका लागि मेहनत अवश्यै गर्नुपर्नेछ। सोख र विलासको चाहना बढ्नेछ। बीचमा केही स्वास्थ्य समस्या पनि आउन सक्छन्। आयस्रोत सबल देखिए पनि आम्दानी र खर्चको सन्तुलन मिलाउने प्रयास गर्नुहोला। सन्तुलित खानपान र विश्राममा पनि ध्यान पुर्याउनुहोला। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ। परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ। सरोकार नभएका विषयमा चासो राख्ने बानीले व्यर्थैमा झमेला पनि निम्त्याउनेछ, वादविवादमा अघि नसर्नुहोला। शुभचिन्तकहरूले साथ–सहयोग जुट्नाले अड्किएका काम सम्पादन हुनेछन्। सन्तानका माध्यमबाट सुखानुभूति हुनेछ।

वृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

यो महिनामा केही घरेलु समस्या देखापर्न सक्छन्। साझेदारसँग असमझदारी बढ्नाले सहकार्य विखण्डित हुने सम्भावना छ। पूर्वाधारबिनै ठूलो काम आँट गर्दा समस्या आउनेछन्। महत्त्वाकांक्षी सोचले घर–परिवार र साझेदारीमा असमझदारी निम्त्याउला। विद्रोहपूर्ण व्यवहारले निकटजनहरू टाढिन सक्छन्। अडान दोहोर्याउँदा सत्यका सामु शिर निहुराउनुपर्ने हुन सक्छ। तर, सद्विचारले प्रेरित हुनेहरूलाई शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले काम बन्नेछ। महिनाको उत्तरार्धमा अर्थोपार्जनको बलियो स्रोत प्राप्त हुनाले धेरै समस्या सुल्झाउन सकिनेछ। मिहिनेत गर्दा कृषि र व्यापारमा फाइदा हुनेछ। परिस्थितिले व्यावसायिक मार्गतर्फ अग्रसर गराउनेछ। जोखिम हुने काम तथा हातहतियार र सवारीको उपयोग सावधानीसाथ गर्नुहोला।

मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ अवसर प्राप्त हुनाले यो महिना उत्साहवर्धक रहनेछ। आवश्यक स्रोत–साधन जुट्नाले रोकिएका कामसमेत सम्पादन हुनेछन्। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। पहिलेका व्यवधान हट्नेछन् र सम्भावनाका नयाँ ढोकाहरू खुला रहनेछन्। तारिफयोग्य कामले पद–प्रतिष्ठा दिलाउनेछ। नोकरीमा नयाँ अवसर प्राप्त हुने बलियो सम्भावना छ। उद्योगधन्दा फस्टाउनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। मिहिनेतले आयस्रोत पनि सबल बनाउन सकिनेछ। तर महिनाभरि नै अधिक खर्च, धनमाल हराउने, उपकरण बिग्रने, चोटपटक लाग्ने आदि व्यवधान पनि आउन सक्छन्। यन्त्र–उपकरण, हातहतियार र सवारीको उपयोग सावधानीसाथ गर्नुहोला। र, उपलब्धि जोगाउन सचेत रहनुहोला।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अरूको विचार र प्रवृत्तिमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। तापनि कामको नतिजाले उत्साह जगाउनेछ। हिम्मतले सफलता दिलाउनेछ। आत्मसम्मानका साथ प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। महिनाभरि शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ। सेयर, व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। धन तथा बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ। अभिव्यक्ति–कलामा निखारता आउनुका साथै अध्ययनमा प्रगति हुनेछ। लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाले मान–सम्मान समेत दिलाउनेछ। यन्त्र, उपकरण वा विलासी वस्तुमा धन खर्च हुनेछ। यस महिनाको ग्रहयोगले स्वास्थ्यमा शिर, आँखा र दाँत सम्बन्धी समस्या देखापर्न सक्छ। गर्मी तथा मौसमी समस्याबाट पनि बच्ने उपाय अवलम्बन गर्नुहोला।

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा यस महिनामा केही उतारचढाव आउनेछन्। ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले स्वास्थ्य कमजोर रहनेछ। वादविवाद, असमझदारी, आलोचना जस्ता सामाजिक विघ्नबाधासँग संघर्ष हुनेछ। तापनि, विभिन्न अवसर प्राप्त भइरहनेछन् र आत्मविश्वासले काम लिन सकिनेछ। मिहिनेतले अध्ययनमा प्रगति हुनेछ र चैतन्य शक्ति समेत जागृत हुनेछ। समाजका अगुवासँग सहकार्य गर्दै आफ्नो क्षेत्र, वर्ग र समाजलाई बाटो देखाउन सफल भइनेछ। आयस्रोत सबल हुनेछ र जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पहिलेका आलोचक र प्रतिद्वन्द्वीहरू नै कर्मयोगका प्रेरक बन्नेछन्। मनको डर इच्छाशक्तिमा रूपान्तरित हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सफलता मिल्नेछ।

कन्या -( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

खर्चिलो परिस्थिति आउनाले महिनाभरि अर्थअभाव देखापर्नेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। अज्ञानता र बलजफ्तीले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्रोत सबल देखिए पनि फाइदा लिन पनि धेरैपटक प्रयत्न गर्नुपर्ला। परिस्थितिवश केही कार्ययोजना स्थगित गर्नुपर्ने हुन सक्छ। लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुनेछ। महिनाको उत्तरार्धमा व्यापारमा मन्दी आउनेछ भने फजुल खर्च पनि बढ्नेछ। प्रतिस्पर्धी बढ्ने हुँदा शुभचिन्तकहरूलाई साथमा लिएर अघि बढ्नुहोला। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्। वादविवाद, मुद्दा र प्रतिस्पर्धामा प्रतिद्वन्द्वी हावी हुने समय छ। चोटपटकको सम्भावना देखिएकाले जोखिम हुने काम तथा हातहतियार र सवारीमा सजग रहनुहोला। लगनशीलताले आंशिक सफलता भने दिलाउनेछ।

तुला -( र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कर्मक्षेत्रमा केही चुनौती देखिए पनि यस महिनामा राम्रो प्रतिफल प्राप्त गर्न सफल भइनेछ। तारिफयोग्य कामले राजनीतिक तथा सामाजिक प्रभाव बढ्नेछ। रोकिएका धेरै काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ। चुनौती देखिए पनि समस्या सुल्झाउन सकिनेछ। परिस्थिति र आवश्यकता कर्मयोगका प्रेरक बन्नेछन्। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ। अत्यधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। सरोकार नभएका विषयमा चासो लिँदा वादविवादमा परिएला। महिनाको अन्त्यतिर केही समस्या र काममा चुनौती आइलाग्ने ग्रहयोग रहेकाले उपलब्धि जोगाउन सजग रहनुहोला।

वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पहिलेका समस्या सुल्झनुका साथै क्रमशः अवसर र भोगाधिकार प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरू कर्मयोगका प्रेरक बन्नेछन्। मिहिनेत गर्दा यो महिना विशेष फलदायी रहनेछ। परिस्थिति प्रतिकूल देखिए पनि कर्मयोगले उचाइमा पुर्याउनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषि उपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। व्यापार बढ्नाले आयस्रोत सबल हुनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने समय छ। कर्मयोग र अध्ययनको लगनशीलताले उचाइमा पुर्याउनेछ। समाजमा तारिफयोग्य काम गर्दै दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। प्रयत्न गर्दा कीर्तिमानी कामको यश लिने अवसर समेत प्राप्त हुनेछ।

धनु -(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि मेहनतले काम बनाउन सकिनेछ। अधिक परिश्रम गर्नुपर्ने समय रहेकाले थकान र कमजोरी भने अनुभूत हुनेछ। सरोकार नभएका विषयमा चासो राख्नाले व्यर्थैमा दुःख पनि पाइनेछ। बलजफ्ती गर्ने बानीले वादविवाद निम्त्याउने हुँदा सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। पुरानो काम रोकिए पनि नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। सुझबुझले काम लिँदा पुरानो समस्या समेत सम्झौतामा टुंगिनेछ। अध्ययनमा समय दिन नसकिए पनि कर्मयोगले उचाइको बाटो समाउनेछ। भाग्यले असल मित्र, शुभचिन्तक तथा सहयात्री आदि जुराउन सक्छ। नोकरी तथा राजनीतिमा पनि अवसर खोज्ने समय छ। प्रतिफल समयमा नउठाउँदा केही लाभांश भने अरूका हातमा पर्न सक्छ।

मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

स्वास्थ्य र आम्दानीका दृष्टिले यो महिना कमजोर रहनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ। नयाँ कामको योजनामा हुनुहुन्छ भने आफ्नैले अवरोध पुर्याउन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला। सञ्चित रकम खर्च हुने र आयआर्जनमा कमी आउने हुँदा आर्थिक अभावले सताउन सक्छ। स्वास्थ्य कमजोर हुनाले लामो समय काममा सक्रिय हुन नसकिएला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन्। व्यवसाय र आयमूलक काममा मन्दी आउने समय छ। नयाँ व्यवसायतर्फ तत्काल लगानी गर्दा सुरक्षित नहुन सक्छ। समयमा निर्णय नलिने र अरूको मुख ताक्ने बानीले अवसर गुम्न सक्छ। चोटपटक वा हाड–जोर्नीमा कमजोरी देखिएकाले साधन तथा हातहतियार प्रयोग र जोखिम हुने काममा सावधानी अपनाउनुहोला।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द)

परिवेश रमाइलो देखिए पनि कर्मयोगमा उतारचढाव आउन सक्छ। अध्ययनबिना ठूलो काम आँट गर्दा दुःख पाइनेछ। यात्रा, भोगविलास र भेटघाटले खर्च निम्त्याउन सक्छ। विभिन्न अवसर आए पनि उद्देश्यमूलक काममा समय दिन नसक्दा पछि परिएला। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ। व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। सामाजिक क्षेत्रमा आफ्नो प्रभाव कमजोर बन्नेछ। घर–परिवारमा पनि असमझदारी बढ्न सक्छ। सरोकार नभएका विषयमा चासो राख्ने बानीले व्यर्थैमा आलोचित भइएला। कामको चापले थकान र कमजोरी निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा आफन्तको साथ नपाइएला। परिस्थितिवश यात्रा रोकिन सक्छ। काममा समय दिन नसकिए पनि पहिलेको उपलब्धि र साख जोगाउने प्रयत्न गर्नुहोला।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

यो महिना फलदायी रहनेछ। प्रतिस्पर्धाको दौडमा विजय प्राप्त हुनेछ र मनग्य लाभ उठाउन सकिनेछ। शत्रुबाधा हट्नेछ भने मौसमी रोग निवारण हुनेछ। रोकिएका काम बन्नेछन् र आर्थिक समस्या सुल्झनेछ। भौतिक साधनसमेत जुटाउन सकिनेछ। भविष्यका लागि नयाँ काममा जग बसाउने मौका पाइनेछ। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। प्रतिस्पर्धीहरू सहयोगी र साझेदारका रूपमा उपस्थित हुनेछन्। अध्ययनमा प्रगति हुनेछ र कर्मयोगले उचाइको बाटो समाउनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। पहिले अवरोध गर्नेहरूले समेत सहयोग जुटाउनेछन्। बुद्धिको उपयोगले अघि बढ्नेहरूलाई विशेष फाइदा हुनेछ। आय आर्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। पहिलेका उपलब्धिलाई समेत गुणात्मक बनाउने चेष्टा गर्नुहोला

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img