Thursday, April 24, 2025
राशिफलभाद्र ११ गते शनिबारको पञ्चाङ्ग र राशिफल
spot_img

भाद्र ११ गते शनिबारको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग इन्फो:-
श्री शाके १९४४ बि.स.२०७९ भदौ ११ गते शनिबार इश्वी सन २०२२ अगस्त २७ तारीख भाद्र कृष्णपक्ष औंसि तिथी मघा नक्षत्र शिव योग नाग करण चन्द्रमा सिहं राशिमा आनन्दादि योगमा पद्य योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु स्नानदान र हलोबार्ने औँशी, गोकर्णस्नानम्, कुशेऔँशी, बाबुको मुख हेर्ने, मन्वादि, मोतिजयन्र्तीे

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-

  • १२ गते : चन्द्रोदय (चन्द्रदर्शन), गुँलाधर्मको समापन, त्रिपुष्कर योग राती १०:३२ बजेपछि, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि),
  • १३ गते : दर खाने दिन, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), शिलान्यास (सामान्य), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, द्वारचक्र, दीक्षा ग्रहण
  • १४ गते : हरितालिका व्रत, तीज, मन्वादि, चन्द्र दर्शन दोष, चथा, चोरचन, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –अध्ययनका विषयवस्तुप्रति गम्भीर बन्ने समय आएको छ । पढाइमा लगाव बढाउनुहोस्, सोचेको रिजल्ट पाउन सकिने छ । दिमागमा कुनै नयाँ कुरो सलबलाउँदै छ भने त्यसमा ध्यानकेन्द्रित गर्नुपर्छ । भविष्यसँग जोडिएका आफ्ना योजनाहरूका बारेमा सहकर्मी, गुरुजन र भविष्यवक्तासँग परामर्श गर्नु ठीक हुन्छ । तालिम, सेमिनार वा ज्ञान बढाउने विषयमा सरिक हुने र विशेष ज्ञान लिने समय छ । उता घरमा छोराछोरीका माध्यमबाट प्रसन्नता प्राप्त हुने दिन हो । आज ७५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भुवनेश्वर्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –एकान्तमा बस्न पाउने र रमाउने मौका छ, तर समय र स्थान छनौट गर्न गोपनीयता अपनाउनु होला । ससाना कुरा र विषयमा झैझगडां र विवाद हुने लक्षण छ, त्यसैले तनाव र बोझलाई धैर्यताका साथमा व्यवस्थापन गर्ने दिन हो । अन्य व्यापारका तुलनामा सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदि कारोबारमा मनग्ये लाभ पाउने समय छ । आज १५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ रातो र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुलपूजितायै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । कुनै नजानेको वा नसुल्झिएको विषयवस्तुमा आज सहपाठी र गुरुहरूको सहयोग लिएको जाती हुन्छ । कुनै दुर्घटना वा अपमानका कारण तपाईंको मनोबलमा कमी आउने छैन, आफ्नो व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन्, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ । आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर कलह हुने भएकाले भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु नै राम्रो हुन्छ । मुखमा विकारले वास गरेको समय भएकाले कम बोलेमा मात्र फाइदा लिन सकिने दिन छ, खासगरी घनिष्ठ साथीभाइ र आफन्तसँग कुराकानी गर्दा नम्र बोलीको प्रयोग गर्नु राम्रो हुन्छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धनदाय कुबेराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ । घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गर्न मन लाग्नेछ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अञ्जनीसुताय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । सबै कुरा ठीकठाक देखिए पनि भावनात्मक ढंगले कमजोरीको आभास हुनेछ । हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गाढा नीलो र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –व्यक्तिगत खुसी र आनन्दका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउनु होला । मोटो धनमाल हातपार्ने समय हो, इच्छा पूर्ति गर्न वा शारीरिक सुख प्राप्त गर्ने बहानामा केही धन खर्च पनि हुनेछ । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ गाढा नीलो र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –क्यारियरको सोच पलाउने समय छ, कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ । कर्मको प्रतिफल प्राप्त हुँदा मानसम्मान बढ्नेछ, उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ । ठूलाबडाको सद्भाव प्राप्त भएमा नबन्ने काम पनि बनाउन सकिने छ । आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, आज प्रतिस्पर्द्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ विश्वकर्मणे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् । तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो । लवमेटसँग कुनै समारोहका बीचमा भेटघाट हुनाले प्रसन्नता बढ्नेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बन्नसक्छ । आज ३० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सुराचार्याय नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –लड्ने वा चिप्लने डर भएकाले सचेत हुनुपर्ने दिन हो, घरपरिवारमा सम्पर्क राखी भलाकुसारी गर्ने र पारिवारिक खरखाँचोका बारेमा पनि जानकारी बटुल्नु ठीक हुन्छ । करियर वा कामधाममा कुनै किसिमको बाधा देखिएको छ भने तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नु राम्रो हुन्छ । अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ गाढा नीलो र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –दाम्पत्य जीवनमा किचलो र विवादको योग बनेको छ, लामो समयदेखि घरमा सम्पर्क छैन भने फुर्सद निकालेर कुराकानी गर्नु ठीक हुन्छ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ । आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्नेछन् । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कामाक्षीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –एक्लै खट्नु परे पनि ताकेको काम सम्पन्न हुनेछ । सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्न सकिने छ, तर शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहनु होला । कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । आपसी समन्वयको प्रयास गर्नुहोला, बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्न सक्छ । आज ७५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ ध्वाँसे/कालो र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रां राहवे नमः यस मन्त्रलाई कम्तीमा १८ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img