Friday, March 28, 2025
राशिफलयस्तो छ भदौ १२ गते देखी १८ गतेसम्मको साप्ताहिक राशिफल

यस्तो छ भदौ १२ गते देखी १८ गतेसम्मको साप्ताहिक राशिफल

काठमाडौं: ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ साप्ताहिक फलादेश

मेष -(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। बुद्धिको उपयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ। सोमबारदेखि रमाइलो यात्रा हुने सम्भावना छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापारमा लाभ हुनेछ। तर अरूका विषयमा चासो लिँदा झमेला आइपर्ला। बुधबारदेखि अनायासै काम बिग्रन सक्छ। सहयोगीहरू कमै भेटिनेछन् भने विश्वासमा पारेर झुक्याउनेहरूले सताउलान्। तापनि, सप्ताहान्तको प्रयत्नले आशा जगाउनेछ।

वृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिस्थितिवश लक्ष्यप्राप्तिमा बाधा हुनेछ। अध्ययनमा सोचेको प्रगति नहुन सक्छ। तापनि सोमबारदेखि मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रतिद्वन्द्वीहरूले सहजै हार खानेछन्। व्यापार र उद्योगमा फाइदा हुनेछ। प्रेमको बन्धन कसिनेछ भने व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। तर, बलजफ्ती गर्दा अरूको आत्मसम्मानमा चोट पुग्न सक्छ। सप्ताहान्तमा परिस्थिति प्रतिकूल बन्ने देखिएकाले नयाँ कामलाई केही समय प्रतीक्षा गर्नुहोला।

मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। साथीभाइ टाढा हुनेछन्। चिताएको काम सम्पादन भए पनि मनले ढुक्क हुन नसकिएला। सोमबारदेखि स्थितिमा सुधार आउनाले रोकिएका काम बन्नेछन्। पहिलेका चुनौती हट्नाले व्यवहारमा फाइदा हुनेछ। तर अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिद्वन्द्वी परास्त हुनेछन्। सप्ताहान्तमा परिस्थितिले साथ दिनाले जीवनशैलीमा सुधार आउनेछ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। तर आफ्नैले धोका दिने समय भएकाले बुधवारसम्म सजग रहनुहोला। आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बुधबारदेखि स्थितिमा सुधार आउनाले उत्साह बढ्नेछ। अध्ययनमा पनि राम्रो नतिजा हातलागी हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सप्ताहान्तमा अवसरवादीहरूलाई पन्छाउन सकिनेछ।

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रारम्भमा विवादास्पद कामले अप्ठ्याराे पार्न सक्छ। तापनि बीचमा विभिन्न अवसर जुट्नाले उत्साहित भइनेछ। प्रशंसकहरू पनि बढ्नेछन्। अरूको सहयोगले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। तर बुधबारदेखि आफ्नै कमजोरीले साथीभाइ हच्किन सक्छन्। तापनि पहिलेका समस्या सुल्झिनाले उत्साह जाग्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। कामका लागि साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ला। तापनि सप्ताहान्त विशेष उपलब्धिमूलक रहनेछ।

कन्या -( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। इच्छाशक्ति एवं मिहिनेतले राम्रो फाइदा दिलाउनेछ। काममा अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन्। मानसम्मान प्राप्त हुनेछ भने बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुन सक्छ। चिताएको काम छिटै बन्ने देखिन्छ। नाम, दाम र इनाम हात पर्न सक्छ। हिम्मत गर्दा आस मारेको फल पुनः प्राप्त हुने सम्भावना छ। सप्ताहान्तमा आफन्तमा मतभेद हुनेछ।

तुला -( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुरुमा खर्च बढ्नेछ भने ईर्ष्यालु मन भएकाहरूले अप्ठ्यारोमा पार्ने चेष्टा गर्नेछन्। तापनि सोमबारदेखि स्थितिमा सुधार आउनुका साथै समयले साथ दिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ। बुधवारपछि वादविवादमा परिने योग भएकाले सजग रहनुहोला। सप्ताहान्तमा अवसरले पछ्याउनेछन्। बौद्धिक कर्मले प्रशंसा दिलाउनेछ। नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ।

वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुरुमा आम्दानी राम्रै भए पनि बीचमा विश्वासमा पारेर झुक्याउनेहरूले सताउलान्। मिहिनेतको प्रतिफल अरूले हत्याउन सक्छन्। नजिकका साथीभाइ टाढिए पनि टाढाका शुभचिन्तकहरूले साथ दिनेछन्। बुधवारपछि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। फाइदा उठाउन सकिनेछ। औंलो ठड्याउनेहरूलाई पनि जवाफ दिन सकिनेछ। आतिथ्यपूर्ण सम्मानका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।

धनु -(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतको राम्रै प्रतिफल हातलागी हुनेछ। हिम्मत गर्दा धेरैको विश्वास जित्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्न सक्छ। भूमि तथा पैत्रिक सम्पत्तिको उपयोगबाट फाइदा उठाउन सकिनेछ। लगनशीलताले प्रतिष्ठा दिलाउनेछ। बिहिबार र शुक्रबार खर्च बढ्नाले अर्थअभाव देखा पर्न सक्छ। सानो त्रुटिका कारण आम्दानी रोकिने सम्भावना छ। तापनि सप्ताहान्तमा परिस्थितिले साथ दिनेछ भने रोकिएको लाभांश समेत उठाउन सकिनेछ।

मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रारम्भमा गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ। व्यवहारमा चुनौतीसँग लड्नुपर्ला। अरूका विषयमा चासो लिँदा पनि झमेला आइलाग्नेछ। तापनि पहिलेका कमजोरी सच्याउँदै दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर प्राप्त हुनेछ। आश्वासन बाँड्नेहरूले धोका दिन सक्छन्। तापनि कीर्तिमानी कामले धेरैलाई प्रभावित बनाउन सकिनेछ। दिगो आम्दानी हुने काम प्रारम्भ गर्न सकिनेछ। केही खर्च लागे पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रारम्भमा केही समस्या देखापरे पनि मेहनत गर्ने बानीले अप्ठ्यारो परिस्थितिबाट जोगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाएरै छाड्नेछ। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने हुन सक्छ। दीर्घकालीन योजनाहरू गोप्य राख्नुहोला। संघर्ष गर्दा प्रतिफल अवश्यै प्राप्त हुनेछ। ढिलै भए पनि नयाँ जिम्मेवारी समेत थपिन सक्छ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको बन्धन समेत कसिनेछ। सप्ताहान्तमा परिस्थितिले खर्च बढाए पनि पछि फाइदा होला।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च लागे पनि सुरुको दिन रमाइलो रहनेछ। सोमबार र मंगलबार स्वास्थ्य कमजोर रहला। ईर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन्। विवादले अप्ठ्यारोमा पार्न सक्छ। गोपनीयतामा ध्यान दिनुहोला। बुधबारपछि स्थितिमा सुधार आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। चिताएका काम बन्नेछन् र मानसम्मान समेत पाइनेछ। सप्ताहान्तमा फाइदा नहुने र विवादास्पद कामको बोझ थपिने सम्भावना छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा अलि दु:ख पाइएला।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img