असोज २९ देखि कार्तिक ४ गतेसम्मको साप्ताहिक राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-
सुरुमा सहयोगीहरू जुट्नाले काम बन्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। प्रतिद्वन्द्वीहरूले सम्झौताको ढोका खोल्नेछन्। प्रारम्भ उत्साहपूर्ण देखिए पनि बीचमा केही व्यवधान देखापर्नेछन्। बेसुरमा निर्णय लिने बानीले समस्या निम्त्याउनेछ। काम बिग्रने डरले सताउन सक्छ। आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइसँग दूरी बढ्नेछ। साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। साताको अन्त्यमा परिस्थिति अनुकूल बन्दै जानेछ। पहिलेका कमजोरी सच्याउन सकिनेछ। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला मिल्नेछ।यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सिन्दुरे वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि कार्य गर्दा राम्रो हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)-
प्रारम्भमा विवादले समस्या निम्त्याउन सक्छ। बोली–व्यवहारमा होस पुर्याउनुहोला। हठात् निर्णय गर्दा काम बिग्रन सक्छ। मंगलवारपछि केही काम गर्न सकिनेछ। तर अवसर प्राप्त भए पनि सहयोगीहरू पछि हट्नाले कामकाे दायित्व बढ्नेछ। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्यवसायमा सामान्य लाभ हुनेछ तर आफ्नाे लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। प्रतिस्पर्धीहरूलाई कमजाेर नठान्नुहाेला। सप्ताहान्तमा भने घरेलु समस्यामा अल्झनुपर्ला। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अरूको भर पर्दा धोका पाइनेछ।यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)-
कामना पूर्ण हुनेछ र लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। बीचमा महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। बेसुरमा वचन दिने बानीले पनि दुःख पाइनेछ। वादविवादले मानसम्मानमा आघात पुर्याउन सक्छ, सजग रहनुहोला। मिहिनेतीहरूका लागि सप्ताहान्त उत्साहजनक रहनेछ। विभिन्न उपहार तथा सुविधाका वस्तुहरू प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-
प्रारम्भमा केही दौडधुपका साथ काममा जुट्नुपर्ला। फजुल खर्च बढ्नेछ भने आयस्राेत कमजाेर बन्ने समय छ। नियमित काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनाले नियमित काम गर्न सकिनेछ। रमाइलाे पारिवारिक भेटघाटले काममा पनि उत्साह जगाउनेछ। साथीभाइको सहयोगले विशेष जिम्मेवारी प्राप्त हुन सक्छ। तर, सप्ताहान्तमा घरखर्च बढ्नेछ। भौतिक साधनको कमीले पनि केही अप्ठ्यारो पर्न सक्छ। अरूको बहकाउमा परिनाले काम बिग्रन सक्छ, वादविवादमा अघि नसर्नुहोला।यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)-
प्रारम्भमा श्रमअनुसार राम्रै फल प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। व्यवसायमा मनग्य लाभ हुनेछ। मंगलवारदेखि धन बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ। परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। तापनि प्रयत्न गर्दा यात्रा गर्ने साइत जुर्न सक्छ। साथीभाइ टाढिए पनि शुभचिन्तक भेटिनेछन्। सप्ताहान्ततिर अध्ययनमा प्रगति हुनेछ। स्वादिष्ट भोजन, उपहार र मानसम्मानको भागीदार भइनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग आकाशे वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)-
प्रारम्भमा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। बीचमा रकम प्राप्त नभए पनि आम्दानीका स्रोतहरू बढ्नेछन्। उठेकाे रकम भने सरसापटमा बाहिरिन सक्छ। उधाराेमा व्यापार गर्नुपर्ला। सप्ताहान्तमा फजुल खर्च बढ्नेछ। ऋणभार समेत बढ्न सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ।यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)-
अरूको मुख ताक्नाले आफ्ना काम राेकिनेछन्। अरूकै लागि बुद्धि र समय खर्चनुपर्ला। स्वास्थ्य भने कमजोर रहनेछ। अप्ठ्याराे पर्दा साथीभाइ समेत टाढिनेछन्। मंगलवारदेखि सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ। तर, आफ्नैले अवराेध पुर्याउन सक्छन्। समयमा काम साँच्ने बानीले पनि पछि परिनेछ। बिहीवारपछि आयस्रोत सबल देखिनेछ तर मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन्। खर्चिलो काम थाल्नाले बीचमा केही समस्या पर्ला। फजुल खर्च पनि बढ्नेछ। प्रयत्न गर्दा कर्जामार्फत धन जुटाउन सकिनेछ।यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)-
प्रारम्भमा अरूको स्वार्थमा उपयोग भइने सम्भावना छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। स्वास्थ्य कमजोर रहनेछ। तापनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू पनि फेला पर्नेछन्। मंगलवार र बुधवार सामाजिक कामले वादविवाद निम्त्याउन सक्छ। तापनि समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। सप्ताहान्तमा नाम, दाम र इनाम हात पार्न सकिनेछ। कामले आफ्नो प्रसिद्धि पनि बढ्नेछ। आम्दानीको स्रोत सबल बन्नेछ। दिगो काम सुरुआत हुनेछ। यो साताका लागि शुभ अङ्क १, ८ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)-
रमाइलाे भेटघाट भए पनि खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। निम्ताे आए पनि आतिथ्य खर्चिलाे बन्न सक्छ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। बीचमा स्वास्थ्य कमजाेर रहन सक्छ। तापनि समस्या दर्साउँदा सहयाेगीहरू फेला पर्नेछन्। मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या पनि सुल्झाउन सकिनेछ। सप्ताहान्तमा केही उल्झन र व्यवधान आउन सक्छन्। महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। हुलमुलका बेला धनमाल सुरक्षामा पनि सजग रहनुहोला।मा सफलता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । रमाइलो यात्रा पनि होला । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक लाभ मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)-
प्रारम्भमा पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउनेछ। आँटले लक्ष्यमा पुर्याउन सक्छ। भौतिक साधन जुट्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। मित्रता र प्रेमको बन्धन पनि कसिलो हुनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। व्यापारमा फाइदा हुनेछ। अर्थलाभ हुनाले भौतिक साधन जुटाउन सकिनेछ। सप्ताहान्तमा भने स्वास्थ्यमा समस्या आउन सक्छ। आफ्नो क्षेत्राधिकार संकुचित बन्न सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सावधान रहनुहोला। आम्दानी कम भए पनि पहिलेकाे उपलब्धि जोगाउन सकिनेछ। यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग पहेँलो वा निलो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)-
सुरुमा पेटको मौसमी गडबडीले सताउन सक्छ, खानपानमा सजग रहनुहोला। काम अड्किनाले व्यावहारिक चुनौती देखिएला। मंगलवारदेखि विवादास्पद कामकाे जिम्मेवारी आउन सक्छ। खर्च लागे पनि उपलब्धि कम हुने सम्भावना छ। स्वास्थ्याेपचारमा केही रकम खर्चनुपर्ला। प्रतिस्पर्धामा आफ्नाे प्रयास कमजाेर देखिनेछ। आयस्रोत पनि कमजाेर बन्नेछ। सप्ताहान्तमा व्यापार र उद्योगमा फाइदा हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। रमाइलाे यात्राको साइत जुर्न सक्छ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)-
सुरुमा पारिवारिक उल्झनले काममा बाधा पुग्नेछ। साइनो गाँस्नेहरूले केही दुःख दिन सक्छन्। स्वास्थ्य चिन्ताले सताउनेछ भने पढाइमा पनि लक्ष्य प्राप्त नहुन सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी एक्लै वहन गर्नुपर्ने हुन सक्छ। उत्तरार्द्धमा स्थितिमा सुधार आउनाले कामका बाधाहरू क्रमशः हट्नेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन् र सफलताले उत्साह जगाउनेछ। मिहिनेत गर्दा गुमेको अवसर पुनः प्राप्त हुनेछ। कामका सन्दर्भमा लामाे यात्राकाे साइत जुर्नेछ। बिहीवारदेखि कर्मगतिले उचाइ लिनेछ। व्यापारमा विशेष फाइदा हुनेछ। यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।