समाजपोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर बालकको मृत्यु

बुटवल । पाल्पाको तानसेनमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

तानसेन नगरपालिका–६ का शेषकान्त पराजुलीका १२ वर्षका छोरा सुजल पराजुलीको मृत्यु भएको हो ।

तानसेन–२ स्थित नारायणस्थान पोखरीमा आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका पराजुलीलाई उद्धार गरी उपचारका लागि युनाइटेड मिसन अस्पताल पु¥याइएपनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img