समाजपछिल्लो २४ घण्टामा डेंगुका कारण एक जनाको मृत्यु, बिरामीको संख्या ४० हजार...

पछिल्लो २४ घण्टामा डेंगुका कारण एक जनाको मृत्यु, बिरामीको संख्या ४० हजार नाघ्यो

काठमाडौँ – नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ।

गत साउन १ गते यता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो। योसँंगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ।

बितेको चौबिस घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ। योसँगै हालसम्म डेंगुका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेंगुका बिरामी भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img