यस्तो छ पुस ३ गते देखी पुस ९ गतेसम्मको साप्ताहिक राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै विभिन्न अवसर हात पार्न सकिनेछ। स्रोतसाधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। दिगो व्यवसायमा हातहाल्ने समय छ। प्रियजनसँग भेटघाट हुनेछ। वादविवादले पुरानाे सम्बन्ध भने कमजाेर बन्नेछ। कामले यात्राकाे साइत जुराउन सक्छ। बुधवारदेखि काम, दाम र स्वास्थ्यमा केही बाधा हुने देखिन्छ। घरेलु समस्याले पनि पिरोल्न सक्छ। आम्दानीको स्रोत समेत कमजोर हुने समय छ।यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा केही व्यवधान देखिए पनि बुद्धिले समस्या सुल्झाउन सकिनेछ। अध्ययनमा त्यति समय दिन नसकिए पनि रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। खर्च लागे पनि भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यावसायिक यात्राको योग छ। मिहिनेतले नाम, दाम र इनाम कमाउन सकिनेछ। सप्ताहान्तमा भने गोपनीयता बाहिरिनाले केही समस्या आइलाग्न सक्छन्। यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ला। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। स्वास्थ्य कमजोर हुनाले अध्ययनमा त्यति समय दिन नसकिएला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। बुधवारदेखि स्थितिमा सुधार आउनाले रोकिएका काम सम्पादन गर्न सकिनेछ। प्रतिस्पर्धीहरू समेत सहयोगीका रूपमा देखा पर्नेछन्। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ।यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुजीको आरधना गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रोकिएका काम बन्नाले साताकाे प्रारम्भ उत्साहजनक रहनेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुट्नेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। साेमवारपछि परिवारमा असमझदारी बढ्नाले केही समस्यामा परिनेछ। आफन्तजनमै ईर्ष्यालु मनोवृत्ति बढ्न सक्छ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समेत ध्यान दिन नसकिएला। आँट गर्न नसक्दा काममा पनि पछि परिनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। पहिलेका कमजोरीमा पनि सुधार हुनेछ।यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुरुमा विवादास्पद काम गर्नुपरे पनि सोमवारदेखि विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ। बीचमा घरेलु समस्या देखिने हुँदा सावधान रहनुहोला। कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ। सप्ताहान्तमा भौतिक साधन जुट्नेछन् भने सहयोगीहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ।यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भ रमाइलो रहनेछ। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ। खानपान र पहिरनको सोखले खर्च भने बढाउन सक्छ। आत्मसम्मानका लागि मौन रहनुहोला। साेमवारदेखि समय केही संघर्षमय रहनेछ। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। धेरै बोल्ने बानीले विवाद निम्त्याउनेछ। हिम्मत गर्दा व्यावहारिक चुनौती पन्छाउन सफल भइनेछ। दीर्घकालीन योजनाहरू भने गोप्य राख्नुहोला। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
साता केही उतारचढावमय रहनेछ। प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। कामले थकित तुल्याउनेछ। साेमवादेखि पारिवारिक भेटघाटले रमाइलो माहोल रहनेछ। विगतका कमजोरी सच्याउन सकिनेछ। मिहिनेतले गुमेको प्रतिष्ठा दिलाउनेछ। बुधवार र बिहीवार वादविवादमा परिएला। पहिलेका कमजोरी बाहिर आउनाले आलोचकहरू बढ्न सक्छन्। फजुल खर्च पनि बढ्नेछ। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार बढ्नेछ र राम्रै आम्दानी हातलागी हुनेछ। सोमवारदेखि आकस्मिक खर्च बढ्नाले अर्थ अभाव खट्किनेछ। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। बुधवारदेखि आफन्तसँग रमाइलो भेटघाट हुनेछ। साथीभाइको सहयोगले अभीष्ट पूरा हुनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सफलता मिल्नेछ तर सप्ताहान्तमा वादविवादमा परिएला।यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। नोकरीमा पद प्राप्ति हुनेछ भने व्यवसायमा लाग्नेहरूको प्रगति हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। दिगो काम प्रारम्भ हुने समय छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। सञ्चित कर्मफल प्राप्त हुनेछ। बुधवारदेखि फजुल खर्च बढ्नाले ऋण–कर्जा समेत बढ्न सक्छ। लाभांश बाहिरिए पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। सप्ताहान्तमा रमाइलाे पारिवारिक भेटघाट हुनेछ। यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा केही विवादास्पद काममा जुट्नुपरे पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ। आम्दानीका स्रोत सबल बन्नेछन्। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। तर बुधवारदेखि ठुलो लगानी गर्नुपर्ने परिस्थिति आउन सक्छ। खर्च लागे पनि यात्राको अवसर जुट्नेछ। आम्दानी भए पनि लाभांशको आधा हिस्सा अरूका लागि खर्चनुपर्ला। सप्ताहान्तमा भने आफन्तबाट टाढिनुपर्ला। तर टाढाका साथीभाइ नजिकिन सक्छन्। अवसरका लागि केही दौडधुप पनि गर्नुपर्ला। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा अस्वस्थताका बाबजुद कामको बोझ बढ्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। अरूको स्वार्थमा उपयोग भइएला। सोमवारदेखि स्थितिमा सुधार आउनेछ भने नयाँ अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। काममा सामान्य चुनौती देखिए पनि बिस्तारै लक्ष्यमा पुग्न सफल भइनेछ। सप्ताहान्तमा मनग्य आम्दानी बढ्नेछ।यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा सुन्तलारङको हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सोमवारदेखि भने केही समस्यासँग जुध्नुपर्ला। धनमाल हराउने र काम बिग्रने डरले सताउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने प्रयत्न गर्नेछन्। सप्ताहान्तमा स्थितिमा केही सुधार आउनेछ। रोकिएको काम बन्नाले नयाँ काम सुरु हुनेछ। लगनशीलताले लक्ष्यमा पुग्न सफल भइनेछ।यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग खैरो या पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा गणेशजी भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।