Thursday, June 12, 2025
देशकोशी प्रदेशखोटाङ भोजपुर सडकखण्ड वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे

खोटाङ भोजपुर सडकखण्ड वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे

spot_img

सुनसरी / पुष्पलाल मध्य पहाडी लोकमार्ग अन्तर्गत खोटाङ र भोजपुर विचको १० किलोमिटर कच्चीले सडक यातायात सञ्चालनमा अवरोध उत्पन्न गरेको छ ।

निर्माण कम्पनी भारत कन्टक्सन मैनाचुलि र सिद्धि साहीले २०७५ फागुन मसान्तसम्ममा काम सम्पन्न गर्ने गरि २०७२ चैतमा सम्झौता गरेको थियोे तर तीन पटक सम्म म्याद थपेको समय समेत गुज्रिसक्दा पनि चखेवा भन्ज्याङ सेखुवा सडकखण्ड कालोपत्रे हुन सकेको छैन ।

-Ads-

यो सडकखण्ड कालोपत्रेको काम सकिएपछि भोजपुर देखि खोटाङ हुँदै काठमाडौं आवजजावज का लागि स्थायी रूपमा छोटो र सहज बाटो खुल्ने छ ।

तर निर्माण कम्पनीले काम अलपत्र पार्दा सडक वर्षामा हिलाम्मे र हिउँदमा दुलाम्मे हुने गरेको छ ।काम अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्नुको साटो म्याद थप गर्दै बचाउ गरिएको बन्दै जिल्ला बासि रुष्ट बनेका छन् ।

सडक विस्तारले गति लिए आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने र सडकको सहज पहुँच भएपछि पर्यटकीय क्षेत्र टेम्केडाँडा, चखेवा भञ्ज्याङलगायत स्थानमा मानिस पुग्न सकिन्छ । साथै सडकको सहज पहुँचले उत्पादित कृषि उपजलाई बजारसम्म पुर्याउनसमेत सहज हुने स्थानीयवासी प्रेम राईले बताए । पछिल्लो समय चखेवा टेम्केमा पर्यटकको पनि आगमन भएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img