राशिफलयस्तो छ पुस १७ गते देखी पुस २३ गतेसम्मको साप्ताहिक राशिफल

यस्तो छ पुस १७ गते देखी पुस २३ गतेसम्मको साप्ताहिक राशिफल

यस्तो छ पुस १७ गते देखी पुस २३ गतेसम्मको साप्ताहिक राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। नयाँ काम थाल्न सकिनेछ र व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। मंगलवारदेखि मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। सप्ताहान्तमा केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। अरूको बहकाउ र भौतिक साधनकाे कमीले केही अप्ठ्याराे पर्न सक्छ। मिहिनेतले कार्य सम्पादन हुनेछ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी वा निलो हो । शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रारम्भमा व्ययभार बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। उपहारका साथै धनलाभ हुने सम्भावना छ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। सप्ताहान्तमा व्यवसाय विस्तार हुनेछ। आम्दानी बढ्नेछ र मेहनत गर्दा पहिले हातपार्न नसकिएको फल प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

सुरुमा राम्रै आम्दानी हुनेछ। मिहिनेतीहरूलाई दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। तर, बीचमा खर्चको मात्रा बढ्नेछ भने अर्थ अभावको समस्याले सताउन सक्छ। समयमा रकम हातलागी नहुँदा काममा पनि बाधा हुनेछ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साथीभाइ समयमा नजुट्नाले पनि दुःख पाइनेछ। सप्ताहान्तमा विभिन्न अवसर जुट्नुका साथै मनमा आनन्द मिल्नेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। ढिलै भए पनि आँटेको काम बन्नेछ र मिहिनेतको फल प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साता उत्साहवर्द्धक रहनेछ। प्रारम्भमा गरेको कर्मले सफलताको उचाइमा पुर्याउन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। प्रयत्न गर्दा विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। सप्ताहान्तमा भने खर्चिलाे काम आँट्नाले धेरै रकम जाेहाे गर्नुपर्ने हुन सक्छ। तापनि, शुभचिन्तकहरूले साथ दिनेछन्। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइ नजिकिन सक्छन्। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्ररम्भमा केही चुनाैती देखापर्नेछन्। परिस्थिति प्रतिकूल देखिएकाले काम बिग्रने चिन्ताले सताउन सक्छ। जिम्मेवारी बढ्नेछ भने अरूका लागि समय खर्च हुनेछ। तापनि आध्यात्मिक ज्ञानले दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। बीचमा चिताएको काम सम्पादन हुनेछ भने नयाँ कामतर्फ अग्रसर भइनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। पुराना कामको चर्चा हुनेछ भने उपलब्धिको स्रोत प्राप्त हुनेछ। सप्ताहान्तमा मनग्य आम्दानी हुनेछ। तर कामले खर्च बढाउनेछ भने लगानी अरूका हातमा जानाले समस्या पर्न सक्छ। यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग बैजनी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुन्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रारम्भमा केही चुनौती देखिए पनि पछि लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। अवसरका लागि केही दौडधुप भने गर्नुपर्ला। केही विवादास्पद जिम्मेवारी आए पनि मंगलबारदेखि स्थितिमा सुधार आउनेछ। सानो प्रयत्नले काम बन्नेछ भने अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा केही अवराेध पनि सामना गर्नुपर्ला। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सिन्दुरे हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरे सफलता मिल्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रारम्भमा रमाइलो यात्राको साइत जुर्नेछ भने चिताएको काम पनि बन्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ। मंगलवारपछि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। कामको बोझ थपिनेछ भने अर्थ अभावले याेजना रोकिन सक्छ। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। अरूको स्वार्थमा उपयोग भइनेछ। तापनि मिहिनेतले स्थिति अनुकूल बनाउन सकिनेछ। सप्ताहान्तमा कर्मयाेगले भविष्यप्रति आशा जगाउनेछ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग आकाशे नीलो हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। कर्मयोगले फाइदा दिलाउनेछ। उपलब्धिले जोस–जाँगर बढ्नेछ। यात्रा, मनोरञ्जन र पारिवारिक भेटघाटमा मन रमाउनेछ। तर रमाइलो परिस्थितिलाई बीचमा वादविवादले खलबल्याउने देखिन्छ। खर्चिलो काममा ध्यान केन्द्रित हुनेछ। समयमा काम गर्न नसक्दा अवसर फुत्कन सक्छ। सप्ताहान्तमा कामको बोझ बढ्नेछ, स्वास्थ्य कमजोर रहनेछ र अर्थ अभावले सताउनेछ। काम राेकिने भय बढ्नेछ। यो साताका लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग सेतो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अध्ययनमा समय दिन नसकिए पनि सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। सहयोगीहरू जुट्नाले काम बन्नेछन् र मिहिनेतले सफलता दिलाउन सक्छ। मंगलवारपछि स्थिति अझ अनुकूल बन्नेछ। विभिन्न अवसर पनि प्राप्त हुनेछन्। व्यवसायतर्फ प्रतिस्पर्धीहरूले हार खानेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। देश–विदेशसम्मै रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताकाे बन्धन कसिने समय छ। उपहारका लागि हुने फजुल खर्चबाट सजग रहनुहोला। यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आराधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रारम्भमा अन्योल बढ्ने हुँदा काम बिग्रने चिन्ताले सताउन सक्छ। नजिकका साथीभाइ टाढिनाले आत्मबलमा कमी आउनेछ। तापनि मंगलवारदेखि स्थितिमा सुधार आउनाले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू पछि हट्नाले आँटेको काम बन्नेछ। नयाँ कामको अवसरले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। सप्ताहान्तमा व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। लगानी परे पनि दिगो काम हातलागी हुनेछ। प्राप्त उपलब्धिले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग रातो या पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रारम्भमा विशेष अवसर प्राप्त हुनाले काम बन्नेछ। मिहिनेतले हिम्मत दिलाउनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुनेछ। मंगलवारपछि पारिवारिक उल्झनमा परिएला। सानाेतिनाे घरायसी समस्याले अल्झाउन सक्छ। साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ला। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। सप्ताहान्तमा स्वास्थ्य कमजाेर रहनेछ र काम पनि अड्किन सक्छ। अध्ययनमा भने समयकाे लाभ उठाउन सकिनेछ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गरि कार्य गर्नाले सफलता हात पर्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बोलीको प्रभावले मनग्य फाइदा उठाउन सकिनेछ। तर्कशक्ति बढ्नेछ भने अध्ययनमा प्रगति हुनेछ। दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। बुद्धिको उपयोगले प्रतिद्वन्द्वीहरूलाई वशमा ल्याउन सकिनेछ। सञ्चित कर्मफल प्राप्त हुनाले नयाँ कर्म गर्न मन उत्साहित हुनेछ। शुभचिन्तकहरूले साथ दिनाले चिताएका काम सजिलै बन्नेछन्। मेहनतीहरूलाई समयले पनि साथ दिनेछ। तर अरूको मात्र भर पर्नाले आफ्नो महत्त्वाकांक्षा पूरा नहुन सक्छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरबाटै काम बनाउन सकिनेछ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img