Wednesday, February 12, 2025
राशिफलहेर्नुस फागुन १४ गते देखी फागुन २० गतेसम्मको साप्ताहिक राशिफल

हेर्नुस फागुन १४ गते देखी फागुन २० गतेसम्मको साप्ताहिक राशिफल

फागुन १४ गते देखी फागुन २० गतेसम्मको साप्ताहिक राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रारम्भ उत्साहवर्द्धक रहनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम थालनी गर्न सकिनेछ। बोलीको प्रभाव एवं तर्कशक्ति बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ। व्यापारमा मनग्य फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काम सुरु हुनेछ। मेहनतीहरूलाई समयले साथ दिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सप्ताहान्तमा अवसरवादीहरूबाट सावधान रहनुहोला। काममा आफ्नैबाट धोका हुनेछ, योजना सार्वजनिक नगर्नुहोला। पारिवारिक उल्झनले काम राेकिने सम्भावना छ। साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ला। यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रारम्भमा खर्चिलाे काम गर्नुपरे पनि हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुनेछ। लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। राम्रा काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। मानसम्मान प्राप्त हुनेछ। वादविवादमा आफ्नो पक्ष बलियो हुनाले फाइदा भइरहनेछ। कर्ममा जुट्नेहरूलाई बोलीको भरमा काम बन्न सक्छ। सप्ताहान्तमा प्रतिस्पर्धीहरू समेत सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएको काम बन्नेछ भने आम्दानी बढ्नाले उत्साह जाग्नेछ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रारम्भमा मनग्य आम्दानी भए पनि खर्चिलाे काम थाल्नाले अर्थ अभाव देखापर्न सक्छ। समस्या सुल्झाउन कर्जा लिनुपर्ने हुन सक्छ। बेलामा होस नपुर्याउँदा चुनौती आउन सक्छन्। बुधवारदेखि स्थितिमा सुधार आउनुका साथै नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। लगनशीलताले सफलताले उचाइमा समेत पुर्याउन सक्छ। सप्ताहान्तमा व्यापार बढ्नेछ। आयस्रोत सबल बन्नुका साथै प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग निलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शन गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कामकाे प्रतिफल प्राप्त हुने समय छ। दिगो काम प्रारम्भ हुनेछ। व्यापार बढ्नेछ। र, मनग्य आम्दानी हातलागी हुनेछ। उठ्नुपर्ने रकम प्राप्त हुनाले समस्या टर्नेछ। तर कर्जाकाे रकमले समस्या निम्त्याउन सक्छ। बुधवारदेखि खर्चिलाे काम गर्नुपर्ने स्थिति आउन सक्छ। व्यवहारमा फजुल खर्च बढ्नाले अर्थ अभाव देखापर्नेछ। काम बिग्रने भयले पनि सताउनेछ। विदेश ताक्नेहरूलाई भने यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा शुभचिन्तकहरूकाे सहयाेग जुट्नेछ र अप्ठ्याराे काम समेत बन्नेछ। पारिवारिक भेटघाटले मनकाे बाेझ पनि हलुका हुनेछ। यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रारम्भमा केही उल्झन देखिए पनि हिम्मत गर्दा चिताएको काम सजिलै बन्नेछ। धेरैको विश्वास जित्न नसकिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। लगानीतर्फ धेरै रकम जुटाउनुपरे पनि दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। लगनशीलताले कीर्तिमानी समेत दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन्। खर्चिलो कामले धन संग्रहमा धेरै पटक बाधा पुर्याउनेछ। सप्ताहान्तमा भने आफन्तबाट टाढिनुपर्ला। टाढाका साथीभाइ नजिकिन सक्छन्। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। सरसापटमा रकम बाहिरिन सक्छ। यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

महत्त्वाकांक्षी काम एक्लै आँट्नाले साताकाे पूर्वार्ध उतारचढावमय रहनेछ। स्वास्थ्य कमजाेर हुनेछ र धन खर्चनुपर्नेछ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। आफ्ना कमजाेरीकाे फाइदा उठाउनेहरू प्रशस्त हुनेछन्। तापनि आध्यात्मिक चिन्तनले मन शान्त हुनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। बुधवारपछि अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। दिगो काम थालनी हुनेछ र नियमित आम्दानी पनि बढ्नेछ। यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग खैरो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

पहिलाे दिन रमाइलाे देखिए पनि विवादास्पद जिम्मेवारीले समस्या निम्त्याउन सक्छ। काम बिग्रने डरले पनि सताउनेछ। जिम्मेवारी बढ्नेछन् र अरूका लागि समय खर्च हुनेछ। बीचमा अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। बेसुरमा रकम खर्चँदा अर्थअभाव देखा पर्नेछ। अनायासै काममा बाधा पुग्न सक्छ। नजिकका साथीभाइ टाढिनेछन्। बिस्तारै आध्यात्मिक चिन्तनले दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। मिहिनेत गर्दा नयाँ कामतर्फ अग्रसर हुने मौका जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रारम्भमा पुरुषार्थी काम बन्नेछन्। रमाइलो यात्राको साइत जुर्नेछ भने चिताएको काम पनि बन्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। तारिफयाेग्य काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। बुधवार र बिहीवार भने अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। कामको बोझ थपिनेछ भने रकम बाहिरिनाले अर्थ अभाव देखापर्नेछ। आँटेको काम रोकिन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउला। शुभचिन्तकहरूको सहयोग जुट्नेछ, भाग्यले साथ दिनेछ र दिगो काम थालनी हुनाले भविष्यप्रति केही आशा बढ्नेछ। यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

खानपानकाे अनियमितताले स्वास्थ्य बिग्रन सक्छ। तापनि, सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। शत्रु र राेगबाट छुटकारा मिल्नेछ। बुधवारदेखि पहिलेकाे स्थितिमा सुधार आउनुका साथै नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। राेकिएका काम बन्नाले नयाँ कर्मतर्फ अग्रसर भइनेछ। अनुभव देखाएर उपलब्धि हातपार्ने समय छ। आफन्तसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताकाे बन्धन पनि कसिलाे हुनेछ। सप्ताहान्तमा कामकाे चाप बढ्नाले स्वास्थ्य कमजाेर बन्नेछ। यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सुरुमा पारिवारिक उल्झनले काम राेकिन सक्छ। ईर्ष्या गर्नेहरूबाट अवरोध हुनेछ। मंगलवारसम्म आफ्नाे काम खस्किने र प्रतिस्पर्धीहरू जाग्ने सम्भावना छ। फजुल खर्च पनि बढ्नेछ। स्वास्थ्य प्रतिकूल बन्न सक्छ। बुधवारदेखि स्थितिमा सुधार आउनुका साथै परिस्थिति अनुकूल बन्नेछ। अध्ययनमा प्रगति हुनेछ। आफ्नो अभियानमा धेरैले साथ दिनेछन्। देश–विदेशसम्मै रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै मित्रता र प्रेमकाे बन्धन कसिलो हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। नयाँ योजना कार्यान्वयन हुनेछ। यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रारम्भमा काम बन्नेछ। तर घरेलु समस्या र पुरानाे वादविवाद सुल्झाउन निकै मिहिनेत गर्नुपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा लिन सकिनेछ। असम्भव काममा समेत युक्तिले सफलता दिलाउन सक्छ। बुधवारपछि स्थिति अनुकूल बन्नाले केही अवसर पनि प्राप्त हुनेछन्। हिम्मतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। सप्ताहान्तमा शत्रुपक्षलाई हराउन सकिनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुहोला, दिगो योजना पूर्ण हुनेछ। नाम, दाम र इनाम पनि हातलागी हुनेछ। यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेत गर्दा साता फलदायी रहनेछ। काममा विभिन्न अवसर प्राप्त भइरहनेछन्। अध्ययनले उचाइको मार्ग अवलम्बन गर्नेछ। रोकिएका काम बन्नेछन् र नयाँ काम थालनी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नाेकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुनेछ। मिहिनेतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र सावधानीले जाेखिम टर्नेछ। बुधवार र बिहीवार भने घरायसी समस्याले अल्झाउन सक्छ। सप्ताहान्तमा अवसरले पछ्याउनेछन्। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको ध्यान गरि आरम्भ गर्दा लाभ हुनेछ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस