बैशाख महिनाको राशिफल:
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बैशाख महिना मेष राशिका जातकका लागि फलदायी नै रहनेछ । नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्त वा नजिकको व्यक्तिको सहयोगबाट अधुरा कार्यले गति लिनेछ । आफ्नो मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ । कसै कसैका लागि सन्तान सुखको योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यस महिनामा व्यावहारिक असन्तुलनले काम राेकिने र खर्च बढ्ने देखिन्छ। वादविवादले पनि समस्या निम्त्याउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। भैपरी आउने समस्याले नयाँ योजना स्थगित हुन सक्छ। लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ। महत्त्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ। व्यापारमा मन्दी आउने, काम रोकिने र खर्च बढ्ने समय छ। स्वास्थ्यमा आँखा र पाउसम्बन्धी समस्या देखापर्न सक्छ। प्रतिस्पर्धी बढ्ने हुँदा शुभचिन्तकहरूलाई साथमा लिएर अघि बढ्नुहोला। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्। सरकारी निकायबाट हुने कडिकडाउको सिकार समेत भइएला। प्रयत्न गर्दा देशविदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको आरधना गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशि हुनेहरूका लागि बैशाख महिनामा गरेको कार्यमा सफलता नै पाइनेछ । परिवारजनको सहयोगले गर्दा कमबाट फाइदा लिन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यो महिना फलदायी रहनेछ। विशिष्ट व्यक्तिहरूकाे सहयाेग जुट्नाले महत्त्वाकांक्षी काममा प्रवृत्त भइनेछ। दिगो काममा जग बसाउने समय छ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। पद तथा प्रतिष्ठा प्राप्त हुनेछ। दाम, इनाम र पुरस्कार प्राप्त गर्ने समय छ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा हुनेछ र थप लगानी बढाउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। तर, महत्त्वाकांक्षाले समस्या निम्त्याउनेछ। काममा नसाेचेकाे खर्च लाग्नेछ। पाउमा चाेटपटक लाग्न सक्छ, सजग रहनुहाेला। यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बैशाख महिना सिंह राशिका जातकका लागि फलदायी नै रहनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आफन्तको एवं परिवारजनबाट विशेष लाभ हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ । प्रतिस्पर्धी परास्त होलान् । व्यापार व्यवसायमा श्री: वृद्धि हुने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सञ्चित रकम खर्च हुने र लाभांश नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ। व्यापार–व्यवसायमा मन्दी आउन सक्छ। व्यावसायिक काममा अरूले हस्तक्षेप गर्न सक्छन्। मौसमी राेग,बाधा, कब्जियत तथा ढाड–कम्मर सम्बन्धी समस्याले स्वास्थ्यसमेत कमजोर रहनेछ। लामो सक्रियता पनि स्वास्थ्यका लागि बाधक बन्न सक्छ। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ। सरोकार नभएका विषयमा चासो राख्नाले अनावश्यक झमेला पनि आइलाग्न सक्छन्। अध्ययनमा धेरै समय दिन नसकिएला। विश्वासपात्रले समेत आफ्ना कमजोरीबाट फाइदा उठाउन सक्छन्, गोपनीयतामा सजग रहनुहोला। यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
यो महिनामा विशेषगरी नयाँ काम प्रारम्भ गर्ने मौका छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर छाउने योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । न्यायिक कार्य तथा राजनैतिक कार्यमा सफलता मिल्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । घर, जग्गा खरिद तथा बिक्रीको योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। मिहिनेत गर्दा प्रतिस्पर्धाको दौडमा सजिलै अग्रस्थान हासिल हुनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। तर परिवारजनको भावना समेट्न नसक्दा आफ्नैबाट साथ, सहयोग नजुट्न सक्छ। प्रतिस्पर्धाले मित्रता र प्रेमको बन्धन कमजोर बन्न सक्छ। औपचारिक सम्झौताले मात्र विवाद नटुंगिन सक्छ। व्यावहारिक द्वन्द्वलाई पनि सम्झौतामा रूपान्तरण गर्ने प्रयास गर्नुहोला। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नुहोला। नयाँ व्यवसाय सुरु गर्ने मौका छ। मनग्य धन आर्जन गर्न सकिनेछ। यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि शनिदेवताको आरधना गरी कार्य गर्नाले सफलता मिल्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
यो महिनामा खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । लामो यात्रा सुखद् र सफल हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । व्यवसायका लागि यात्रा सम्भावना छ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हल्का रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको स्मरण गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
यो महिनामा छाती तथा पेटको समस्याले सताउन सक्छ। घरेलु व्यवसाय र भूमिबाट केही लाभ मिले पनि घरपरिवारमा असमझदारी बढ्न सक्छ। सामूहिक भावना विखण्डित हुनाले सगोलको घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। निकटजनहरूसँग असमझदारी बढ्नेछ। उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा दिगो फाइदा उठाउन नसकिएला। तापनि सत्पात्रको संगतले व्यवहारमा सुधार आउनेछ। अप्ठ्यारो समयमा साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सकिनेछ। मिहिनेत गर्दा कृषि र व्यापारमा सामान्य फाइदा हुनेछ। लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। नयाँ काम थालनी गर्न केही समय प्रतीक्षा गर्नुहोला। यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग घ्यू रङ्ग वा हरियो हो । शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । कला र गलाको प्रभाव बढ्दै जानेछ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । अतिथिको रूपमा सत्कार पाइनेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । सामाजिक कामको दायित्त्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्यमा शिर, आँखा र दाँत सम्बन्धी समस्याले सताउन सक्छ। केही विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा व्यावहारिक चुनौती आउनेछन्। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले लेनदेनमा सजग रहनुहोला। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। आलोचकहरूले भड्काउने हुँदा सहयोगीहरू टाढिन सक्छन्। स्वाभिमानका लागि संघर्ष गर्नुपरे पनि कामको नतिजाले उत्साह जगाउनेछ। आर्थिक स्थितिमा सुधार आउनुका साथै सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। केही धन र बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। यो महिनाको लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग हल्का पहेँलो वा आकाशे नीलो हो । शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवताको स्मरण गरी कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।