वैशाख ३ गते देखी वैशाख ९ गतेसम्मको साप्ताहिक राशिफल– ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिश्रम अनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ । दिगो फाइदा हुने काम सुरु गर्ने अवसर मिल्नेछ। व्यापार व्यावसायमा मनग्य लाभ हुनेछ । यद्यपि, पैसा निकाल्ने बीचमा, अर्थको कमी देखा पर्न सक्छ। परिवारबाट टाढा बस्नु पर्ने अवस्था आउन सक्छ। तर, ठूला काममा यात्रा गर्दा बोरिङ हुनेछ । इष्टमित्र तथा शुभचिन्तकहरूसँग भेटघाट हुनेछ । सप्ताहान्तमा अध्ययनमा प्रगति हुनेछ। स्वादिष्ट भोजन, उपहार र सम्मान साझा हुनेछ। सुन्दर पहिरनमा आफ्नो व्यक्तित्व देखाउने अवसर मिल्नेछ। मिहिनेतले सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रेमीको सहयोग पाइनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कृषि क्षेत्रमा पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग रातो वा निलो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा स्वास्थ्य कमजोर हुनाले अध्ययनमा बाधा हुनेछ। अरूको स्वार्थमा उपयोग भइनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। मंगलवारदेखि स्थितिमा सुधार आउनुका साथै सामाजिक प्रतिष्ठा बढ्नेछ। सहयोगीहरूले समस्याको स्थितिबाट उकास्नेछन्। मिहिनेतले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। गुमेको स्थान प्राप्त हुनेछ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा मनग्य आम्दानी हुनेछ। सप्ताहान्तमा केही खर्च भने बढ्नेछ।यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व कालभैरवको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यो साता आफ्नो काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । झन्झटिलो कार्यमा समय खेरा जानसक्छ । साताको अन्त्यमा शुभ कार्यको चर्चा चल्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रियजनसँगको भेटघाटले सुरुआत रमाइलो रहे पनि यो साता केही उतारचढावमय रहनेछ। मंगलवारदेखि स्वास्थ्य कमजाेर हुने, खर्च बढ्ने र काम राेकिने सम्भावना देखिन्छ। श्रमपूर्वक काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। आफन्तसँग मनमोटाव बढ्नेछ र काम बिग्रने डरले सताउन सक्छ। तापनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरूकाे साथ–सहयाेग जुट्नेछ। सप्ताहान्तमा समस्या सुल्झाउँदै उपलब्धि प्राप्त गर्न सकिनेछ। काममा सफलता मिल्नेछ। यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
यो साता धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । मित्र जनको साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । दानपुण्यका कार्यमा सहभागी भइनेछ, तर स्वास्थ्य प्रतिकूल रहन सक्छ अत: स्वास्थ्य प्रति अतिनै सजग रहनु पर्नेछ । यो साताका लागि शुभ अङ्क २,४ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व गौ माताको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा कामको बोझले अध्ययनमा बाधा हुन सक्छ। खानपानकाे असावधानीले स्वास्थ्य कमजोर हुनेछ। अप्ठ्यारो बेलामा आफ्नैले दुःख दिनेछन्। मंगलवारदेखि स्थितिमा सुधार आउनुका साथै चुनौतीहरू सुल्झनेछन्। आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। व्यवसायले रमाइलो यात्राको अवसर जुटाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने सम्भावना छ।यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यो साता मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । स्वास्थ्य पति सजग रहनु पनि पर्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तारिफयाेग्य काम गर्दै नाम, दाम र प्रतिष्ठा कमाउन सकिनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। प्रारम्भ उत्साहपूर्ण देखिए पनि बीचमा केही व्यवधान देखापर्नेछन्। बेसुरमा निर्णय लिने बानीले समस्या निम्त्याउनेछ। काम बिग्रने डरले सताउन सक्छ। आफ्नैले धोका दिनेछन्। नजिकका साथीभाइसँग दूरी बढ्ने सम्भावना छ। साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्दै जानेछ। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला मिल्नेछ।यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको स्मरण गरि कार्य गर्नाले सफलता मिल्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
यो साता अलि संघर्षमय रहला। विद्यार्थीलाई भने उपलब्धिमूलक रहनेछ। धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। आँटेका काममा विभिन्न क्षेत्रबाट बाधा हुनेछ। तापनि मंगलवारदेखि भाग्यले साथ दिने हुँदा नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। दिगो काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। बिहीवार र शुक्रवार घरेलु समस्यामा अल्झनुपर्ला। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अरूको भर पर्दा काममा धोका पाइनेछ। यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु भैरवजीको भगवानको ध्यान गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
यो साता कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रविधि मार्फत दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । शेयरबजारमा लगानीको अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रारम्भमा केही दौडधुपका साथ काममा जुट्नुपर्ला। खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। काम दोहोर्याउनुपरे पनि मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। लाभांशले उत्साह जगाउनेछ र आवश्यकता पूरा हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। रमाइलो जमघट र स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। बाेलीकाे प्रभाव बढ्नेछ। प्रशंसकहरूले तारिफ गर्नेछन् अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउन सक्छ।यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।