जेठ १४ गते देखी जेठ २० गतेसम्मको साप्ताहिक राशिफल– ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्य कमजोर रहनाले केही पछि परिने सम्भावना छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइपर्ला। साेमवारदेखि स्थिति अनुकूल बन्नेछ। यात्रा, मनोरञ्जन र पारिवारिक भेटघाटकाे अवसर प्राप्त हुनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। रमाइलो यात्राकाे साइत पनि जुर्न सक्छ। बुधवारपछि खर्चिलो कामतर्फ ध्यान केन्द्रित हुनेछ। समयमा काम गर्न नसक्दा अवसर फुत्कन सक्छ। स्वास्थ्य कमजोर रहनेछ र अर्थ अभावले सताउनेछ। काम बिग्रने भयले सताए पनि सप्ताहान्त लाभदायक रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूव विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्नले अधिक सफलता मिल्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिको लागि यो साताको सुरु र अन्तको समय मध्ययम रहेकोले पढाइ लेखाइमा मन नजाने हुनाले प्रतिश्पर्धामा अरुभन्दा पछी परिनेछ । सत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । पाईला पाईलामा बाधा तथा अवरोध गर्नेहरु प्रसस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला । मंगलवार र बुधवारको समय उत्तम रहेकोले शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरी कार्य गर्नाले सफलता मिल्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या आउला। साझेदारीमा विवाद आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको मात्र भर पर्दा महत्त्वाकांक्षा पूरा नहुन सक्छ। अनावश्यक नाता गाँस्नेहरूसँग सजग रहनुहोला। मेहनत गर्दा बुधबारपछि भाग्यले साथ दिनेछ। अध्ययनमा प्रगति हुनेछ। कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। सप्ताहन्तमा शत्रु बढे पनि काम सम्पादन गर्न सकिनेछ, मिहिनेत गर्नुहाेला। यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यो साता धार्मिक र सेवा भाव बढ्ने योग छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रोकिएको धन पाइन सक्छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला। सोमवारदेखि मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। बुधवारपछि शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। सहयाेगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। तापनि आफन्तको सहयोग प्राप्त हुनाले धेरै काम सम्पादन हुनेछन्। यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशिको लागि यो साता मिश्रित फल दिने रहेको छ। सोमवारसम्मको समय मध्ययम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्याक्तिको विश्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । मंगलवारबाट समय उत्तम रहेकोले समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सुरुमा चिताएको काम बन्नाले मनग्य लाभ हुनेछ। दिगो आम्दानीका स्रोत प्राप्त हुनेछन्। सोमबारदेखि आकस्मिक खर्च बढ्नाले समस्या उत्पन्न होला। पहिले गरेको काम दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। अवसरका लागि केही दौडधुप गर्नुपरे पनि मेहनतको प्रतिफल प्राप्त हुनेछ। रोकिएको काम बिस्तारै सम्पादन हुनेछ। सप्ताहान्तमा मान-सम्मानका साथ विशेष उपहार प्राप्त होला। शुभचिन्तकहरूले साथ दिनेछन् भने आफन्तको सहयोगले लाभ उठाउन सकिनेछ। तारिफयोग्य काम सम्पादन गर्न सकिनेछ। यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सिन्दुरे वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको आरधना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
वृश्चिक राशिको लागि यो साता मिश्रित रहन सक्छ। राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । बिहीबारबाट स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनावस्यक काम तथा यात्रा नगर्नु नै राम्रो रहेकोछ, नराम्रा घटनाहरु हुन सक्छन् । नियम तोडेर कुनै पनि काम नगर्नुहोला सजाए भोग्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अविभावकको सल्लाह लिएर कार्य गर्नाले राम्रो हुन्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
यो साता लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहनेछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । मङ्गलबारबाट स्वास्थ्यमा सुधार आउनेछ । शुभ समाचार सुन्न पाइने र शुभकार्यको चर्चा चल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानी भने त्यति लाभदायक नहोला । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो वा आकाशे हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा अवसरका लागि चुनौतीसँग लड्नुपर्ने देखिन्छ। शारीरिक अस्वस्थताले पनि काममा पछि परिनेछ। सोमबारदेखि स्थितिमा सुधार आउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने नयाँ जिम्मेवारी प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्न सकिनेछ। बुधवार र बिहीवार हठात् निर्णयले अप्ठ्यारो पर्न सक्छ, अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। चुनौती सामना गर्नुपरे पनि मेहनत गर्दा काम बन्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको बन्धन समेत कसिने योग छ। सप्ताहान्तमा विशेष अवसर जुट्नुका साथै आम्दानी समेत बढ्नेछ। यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिको लागि यो साताको सुरु र अन्तको समय उत्तम रहेकोले विद्या तथा कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । विलाशी तथा भौतिक बस्तुका प्रयोग गर्न पाईनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन हुने तथा व्यावसायकै शिलशिलामा यात्रा हुनेछ । प्रेमील जोडीहरुका लागी समयले साथ दिनेछ । मंगलवार र बुधवारको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । साना तिना घरेलु समस्या सुल्झाउदा सुल्झाउदै समय बित्नेछ । आफन्त तथा चेलि माईती बीच मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गाढा खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन गरी यात्रा गर्दा अधिक लाभ मिल्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिबन्धले झमेला निम्त्याउने समय भएकाले मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला। विलासितामा धन खर्च हुनेछ। पति-पत्नीमा असमझदारी बढ्न सक्छ। तापनि बुधवारसम्म आयस्राेत सबल रहनेछ। खर्च भए पनि व्यवसायका लागि यात्राकाे साइत जुर्न सक्छ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। बिहीवार र शुक्रवार योजना गोप्य राखी हिम्मत जुटाउनुहोला। अरूका कामले अलमल्याउने हुँदा आफ्नो योजना अपूर्ण रहन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले काम बन्नेछ। यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।