जेठ २१ गते देखी जेठ २७ गतेसम्मको साप्ताहिक राशिफल– ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भ केही खर्चिलो रहनेछ। स्वास्थ्य पनि कमजोर रहनेछ। काम बिग्रने डरले सताउन सक्छ, शुभचिन्तकहरूकाे सहयाेग जुटाउनुहाेला। साेमवारदेखि स्थितिमा सुधार आउनेछ। सानो प्रयत्नले काम बन्नेछ भने अवसरले पनि उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। बुधवार र बिहीवार वादविवादमा परिने सम्भावना देखिएकाले व्यवहारमा सजग रहनुहोला। सप्ताहान्तमा आयस्राेत सबल बन्नेछ। व्यापारमा पनि फाइदा हुनेछ। यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यो साता शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । प्रिय व्यक्तिसँग भेटघाट हुनेछ । क्रियाकलापमा सहभागी हुन पाइनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । मध्य सातामा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। सोमवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको यात्रामा अग्रसर गराउनेछ। तापनि मिहिनेतले स्थितिमा सुधार आउनेछ। बुधवार र बिहीवार भाग्यले साथ दिनेछ र शुभचिन्तकहरू जुट्नाले राेकिएकाे काम पनि सम्पादन हुनेछ। तारिफयाेग्य काम गर्दै सप्ताहान्तमा विशेष उपलब्धि प्राप्त गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो हो । शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भ केही संघर्षपूर्ण रहनेछ। तापनि मिहिनेतले अवसर दिलाउनेछ र प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। श्रम परे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ। प्रियजनसँग रमाइलो भेट हुनेछ। यात्रा गर्ने असवर पनि प्राप्त हुनेछ। बुधवार र बिहीवार भने परिबन्धले केही झमेला निम्त्याउन सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। तापिन सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन् र कर्मसिद्धि हुनेछ। यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पर्पल वा आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साता उपलब्धिमूलक रहनेछ। बुद्धिको उपयोगले महत्त्वपूर्ण काम सम्पादन गर्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ र सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। पेसा–व्यवसायमा पनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि व्यापार र उद्योगमा लाभ उठाउन सकिनेछ हुनेछ। मन मिल्ने साथी भेटिनेछन्। प्रेमको बन्धनसमेत कसिने सम्भावना छ। मिहिनेतले चिताएको काम बन्नेछ। सप्ताहान्तमा स्वास्थ्य कमजाेर हुनाले काम राेकिन सक्छ। तापनि, शुभचिन्तकहरूले साथ दिनेछन्। यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यो हप्ता सोचेभन्दा धेरै मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ, तर मध्य साताबाट शुभकार्यको चर्चा चल्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । नयाँ वस्त्र र अलंकार आदिको प्राप्ति पनि हुनेछ । प्रारम्भमा घरेलु समस्या तथा वादविवाद सुल्झाएर मात्र अघि बढ्न सकिनेछ। अभिभावक र शुभचिन्तकहरूको साथ–सहयाेग पाइनेछ। सोमवारदेखि स्थिति अनुकूल बन्नाले विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। हिम्मतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र मेहनतले आम्दानीको दिगो स्रोत जुटाउन सकिनेछ। दिगो काम थालनी हुनाले भविष्यप्रति आशा बढ्नेछ। आँट र प्रतिभाले अरूलाई उछिन्न सकिनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। रमाइलो भेटघाट हुनेछ। यात्राकाे अवसर पनि जुट्नेछ। यो साता यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग कलेजी वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीको दर्शन गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनेछन्। साेमवार र मंगलवार साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। घरेलु समस्पा सुल्झाएर मात्र अघि बढ्न सकिनेछ। बुधवारदेखि पेसा–व्यवसायमा फाइदा हुनेछ। अध्ययनमा प्रगति ह्ुनेछ। शुभचिन्तकहरूले पनि साथ दिनेछन्। विशेष अवसरले ठूलै काममा हिम्मत जगाउनेछ। नयाँ काम शुभारम्भ हुनेछ। पुरुषार्थद्वारा दाम समाउने अवसर छ। प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। भित्रिएको रकम अरूलाई नसुम्पनुहोला। यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सुरुमा तर्कशक्ति बढ्नेछ भने अध्ययनमा पनि प्रगति हुनेछ। बोलीको प्रभावले नाम र दाम दिलाउनेछ। सोमवारदेखि नयाँ काम थालनी गर्न सकिनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। अग्रज र सहयाेगीहरूकाे साथ–सहयाेग प्राप्त हुनाले छाेटाे समयमा उपलब्धि प्राप्त गर्न सकिनेछ। बधवार र बिहीवार केही विवादास्पद जिम्मेवारी आउन सक्छन्। पहिलेकाे समस्यामा अलमल हुनेछ। तापनि दिगो काम सुरु हुनेछ। मेहनतीहरूलाई समयले साथ दिनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला, व्यापार बढ्नेछ भने यात्राकाे साइत जुर्न सक्छ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको अन्त्यमा अनावश्यक र दिक्कलाग्दो यात्रा हुनसक्छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि आफ्नो गणेशजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
साताकाे प्रारम्भ उत्साहवर्द्धक रहनेछ। लगनशीलता र आत्मविश्वासले सजिलै लक्ष्य प्राप्ति हुनेछ। रमाइलो भेट र खानपानको आनन्द प्राप्त हुनेछ। साेमवारदेखि केही विवादास्पद काममा अलमलिनुपर्ला। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। भौतिक साधन बिग्रनाले काममा बाधा हुनेछ। आफ्नै सहयाेगी प्रतिस्पर्धीका रूपमा देखापर्ने सम्भावना छ। शत्रुहरूकाे चलखेल पनि बढ्न सक्छ। आफ्नाे क्षेत्रमा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्। आफन्त समेत अरूको बहकाउमा लग्नेछन्। पारिवारिक माहोल समेत समस्याग्रस्त रहनेछ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग रातो वा पहेँलो हो । शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा खर्च बढ्ने हुँदा धेरै रकम जोहो गर्नुपर्ला। टाढाका साथीभाइ नजिकिनेछन्। विदेश ताक्नेहरूलाई यात्राकाे साइत पनि जुर्न सक्छ। सोमवारदेखि भेटघाट र खानपानकाे आनन्द प्राप्त हुनेछ। मनपर्ने वस्तु उपहारस्वरूप प्राप्त हुने सम्भावना छ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। तर, पेटकाे खराबीले स्वास्थ्य भने कमजाेर रहने देखिन्छ। बुधवार र बिहीवार केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउनेछन्। ठूलो भागको आशाले हानि पुर्याउन सक्छ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ र काममा फाइदा हुनेछ। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो वा सेतो हो । शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
यो साता आर्थिक वृद्धिका साथै शेयर बजारमा विशेष अभिरुचि रहनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वैदेशिक लगानी या कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आवश्यकता पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। बुधवारपछि आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। घरखर्च बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिकूल स्वास्थ्यका बाबजुद आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। हिम्मत गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउनेछ। व्यापारमा फाइदा हुनेछ। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सुरुमा पहिलेका सुल्झाउन जुट्नुपरे पनि शुभचिन्तकहरूको साथ–सहयाेगले चिताएकाे काम बन्नेछ। आयस्राेत सबल बन्नाले नयाँ काम गर्न अग्रसर भइनेछ। व्यापार बढ्नाले राम्रै फाइदा हुनेछ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। बुधवारदेखि लाभांशकाे केही प्रतिशत भने अरूका लागि खर्चनुपर्ला। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइ नजिकिनेछन्। खर्च लागे पनि दिगाे काममा लगानी गर्ने समय छ। विदेश ताक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ। सप्ताहान्तमा पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानकाे आनन्द समेत प्राप्त हुनेछ। मध्य साताबाट लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सपना पनि प्रतिकूल देखिन सक्छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व शङ्करजीको स्मरण गरि कार्य आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समयको महत्त्व बुझ्नेहरूलाई भाग्यले राम्रो साथ दिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। कीर्तिमानी काम सम्पादन हुनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले विशेष फाइदा दिलाउनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ, आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सप्ताहान्तमा यात्राकाे साइत जुर्न सक्छ। तर, आम्दानी अरूका हातमा जानाले उत्साहमा कमी आउनेछ। धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।