पाल्पा: पाल्पामा जिप दुर्घटना हुँदा तीन जना मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । आइतबार बेलुकी सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेकाृ जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको पहिचान खुलेको छैन । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको सालझण्डी र प्रहरी चौकी बल्ढेङगढी पाल्पाबाट प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिए । दुर्घटनाग्रस्त जिप सडकदेखि करिक ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।



