जेठ २१ गते देखी जेठ २७ गतेसम्मको साप्ताहिक राशिफल– ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुरुमा विशेष अवसर प्राप्त हुनाले काम बन्नेछ। मिहिनेतले हिम्मत दिलाउनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। प्रतिद्वन्द्वीहरूले सम्झौताको ढोका खोल्नेछन्। प्रारम्भ उत्साहपूर्ण देखिए पनि बीचमा केही व्यवधान देखापर्नेछन्। बेसुरमा निर्णय लिने बानीले समस्या निम्त्याउनेछ। काम बिग्रने डरले सताउन सक्छ। आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइसँग दूरी बढ्नेछ। साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। साताको अन्त्यमा परिस्थिति अनुकूल बन्दै जानेछ। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिहरुका लागि यो साता राम्रै छ । धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। आँटेका काममा विभिन्न क्षेत्रबाट बाधा हुनेछ। यो हप्ता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । नयाँ र शुभ कार्यको योजना बन्नेछ । कीर्तिमानी काम गर्ने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । नयाँ यात्रामा पनि हुन् सक्छ । मेहेनत गरे पुरस्कार पाईने समय हो । कम बोल्दा राम्रो हुनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ काम थाल्न सकिनेछ र व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। मंगलवारपछि मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। शुक्रवारदेखि भने केही विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ला। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा ल्याउन सकिनेछ। यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। तर खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। मंगलवारपछि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। विशेष उपहारका साथै मनग्य धनलाभ हुने समय छ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। शुक्रवारदेखि व्यवसाय विस्तार हुनेछ। आम्दानी बढ्नेछ भने मेहनत गर्दा रोकिएको प्रतिफल प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग ध्वाँसे वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पेसा–व्यवसायमा कामकाे चाप बढ्नेछ भने आम्दानी पनि राम्रै हुनेछ। आकस्मिक लाभ हुनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ। मंगलवारपछि खर्चिलाे कामले अर्थ अभाव निम्त्याउन सक्छ। सञ्चित रकम खर्च हुनाले सरसापट लिनुपर्ने हुन सक्छ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले मनमा आनन्द मिल्नेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। ढिलै भए पनि आँटेको काम बन्नेछ र मिहिनेतको फल प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पहेँलो वा हल्का रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
साता उत्साहवर्द्धक रहनेछ। प्रारम्भमा गरेको कर्मले सफलताको उचाइमा पुर्याउन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। प्रयत्न गर्दा विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर पहिलेकाे व्यवहार मिलाउन उठेकाे रकम खर्चनुपर्ला। पछिका लागि लगानी गर्न पनि सकिनेछ। सप्ताहान्तमा भने खर्चिलाे काम आँट्नाले धेरै रकम जाेहाे गर्नुपर्ला। आफन्तबाट टाढा भइनेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। साताको उत्तरार्ध बाट घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग कलेजी वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्ररम्भमा कामकाे चापले स्वास्थ्य कमजाेर रहनेछ। तर जिम्मेवारी भने अझै थपिनेछन्। लक्ष्यमा पुग्न निकै मेहनत गर्नुपर्ने देखिन्छ। तर, समय लागे पनि उपलब्धि प्राप्त हुनेछ। मंगलवारपछि स्थितिमा सुधार आउनाले पहिलेका समस्या समाधान हुनेछन्। चिताएको काम सम्पादन हुनेछ भने नयाँ कामतर्फ अग्रसर भइनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। पुराना कामको चर्चा हुनेछ भने उपलब्धिको स्रोत प्राप्त हुनेछ। सप्ताहान्तमा मनग्य लाभ उठाउन सकिनेछ। पेसा–व्यवसायमा आम्दानी बढ्नेछ र आर्थिक समस्या पनि समाधान हुनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग बैजनी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा अप्ठ्यारा परिस्थितिको चक्रमा अलमलिनुपर्ला। कार्यसम्पादनमा समय लाग्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ। धन बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ। परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। तापनि बुधवारदेखि स्थितिमा सुधार आउनाले राेकिएका काम सम्पादन गर्न सकिनेछ। सानो अवसरले पनि उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। सप्ताहान्तमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। शेयर बजारको क्षेत्रमा पनि राम्रो सफलता मिल्ला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। तारिफयोग्य काम सम्पादन हुनाले नाम, दाम र इनाम प्राप्त गर्न सकिनेछ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ। व्यवसायमा मनग्य लाभ हुनेछ। मंगलवारपछि भने आकस्मिक समस्यासँग जुध्नुपर्ला। धन बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा पनि पछि परिनेछ। आफन्तसँग मनमोटाव बढ्नेछ र काम बिग्रने डरले पिरोल्न सक्छ। तापनि मिहिनेतले सप्ताहान्त अनुकूल बन्नेछ। परिस्थिति दर्साउँदा केही सहयोगीहरू जुट्नेछन्। समस्या सुल्झाउँदै उपलब्धि प्राप्त गर्न सकिनेछ। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबाको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार तथा कर्मयोगले फाइदा दिलाउनेछ। उपलब्धिले जोस–जाँगर बढ्नेछ। यात्रा, मनोरञ्जन र पारिवारिक भेटघाटमा मन रमाउनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। तर विवादास्पद कामले केही चुनाैती निम्त्याउने देखिन्छ। सप्ताहान्तमा परिस्थिति प्रतिकूल बन्नाले काम राेकिन सक्छ। स्वास्थ्य कमजाेर हुनेछ भने अर्थ अभावले सताउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति पनि हुनसक्छ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि विष्णु भगवानको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा स्वास्थ्य र पढाइकाे चिन्ताले सताउन सक्छ। काममा अरूको मुख ताक्नाले पछि परिनेछ। स्वास्थ्य कमजोर हुनाले काममा जुट्न समस्या पर्नेछ। मंगलवारपछि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। पुरुषार्थी कामले लक्ष्यमा पुर्याउनेछ। प्रतिस्पर्धीहरू कमजाेर बन्नेछन्। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। मन मिल्ने साथीभाइ भेटिनेछन्। पेसा–व्यवसायमा फाइदा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। प्राविधिक र राजनैतिक कार्यमा सफलता । यो साताका लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्य बाट अधिक सफलता मिल्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुरुमा पारिवारिक उल्झनले काममा बाधा पुग्नेछ। साइनो गाँस्नेहरूले केही दु:ख दिन सक्छन्। स्वास्थ्य चिन्ताले सताउनेछ भने पढाइको लक्ष्य प्राप्त नहुन सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी एक्लै वहन गर्नुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। काममा अरूको मुख नताक्नुहाेला। उत्तरार्द्धमा स्थिति अनुकूल बन्दै जानेछ। कामका बाधाहरू क्रमशः हट्नेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन् र गुमेको अवसर पुनः प्राप्त हुनेछ। सप्ताहान्तमा सुविधाका वस्तुहरू जुट्नेछन्। पहिलेका कमजोरी हट्नेछन् र पेसा–व्यवसायमा फाइदा उठाउन सकिनेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३.६ र शुभ रङ्ग ध्वाँसे वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि शिव भगवानको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।